Logo
७ बैशाख २०८१, शुक्रबार
(February 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकारको निर्णय असंवैधानिक र सहमतिको भावना विपरित : बालकृष्ण खाँड

काठमाडौं : मन्त्री परिषद बैठकले राष्ट्रियसभा सदस्याका लागि तीनजनाको नाम सिफारिस गरेपछि कांग्रेसले त्यसको विरोध छ । यो संविधान र राष्ट्रिय सहमतिको भावना विपरित भएको कांग्रेसले बताएको छ । केपी शर्मा ओली सरकारले यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको निर्णय फिर्ता लिंदै राष्ट्रियसभा सदस्यका लागि नयाँ तीनजनाको नाम सिफारिस गरेको हो ।

मंगलबार बिहान बसेको मन्त्री परिषद बैठकले राष्ट्रियसभा सदस्याका लागि रामनाथ बिडारी, युवराज खतिवडा र विमला पौडेल राईको नाम सिफारिस गरेको हो । यसअघि देउवा सरकारले चाँदनी जोशी, गोपाल बस्नेत र कृष्णप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो ।

कांग्रेस नेता बालकृष्ण खाँडले ओली सरकारको निर्णय असंवैधानिक भएको बताए । ‘यसको हाम्रो पार्टीले विरोध गर्छ । यो असंवैधानिक र सहमतिको भावना विपरित छ,’ उनले भने, ‘यो हिसाबले ओलीले ५ वर्ष चलाउन सक्नुहुन्न ।’ देउवा सरकारले कांग्रेस कार्यकर्ता पठाएकाले ओली सरकारले स्वीकार नगरेको हो कि भन्ने प्रश्नमा उनले उपयुक्त व्यक्तिहरु नै पठाइएको बताए  ।

प्रकाशित मिति: Feb 20, 2018

प्रतिक्रिया दिनुहोस्