Logo
१३ बैशाख २०८१, बिहीबार
(February 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरियाको हवाई हमलामा ७७ को मृत्यु, ३ सय घाइते

सिरियाको सरकारी सेनाले गरेको हवाइ आक्रमणमा बालबालिकासहित ७७ जनाको को मृत्यु भएको छ । अरु ३ सय जना घाइते भएका छन् । आक्रमण सिरियाको राजधानी दमास्कसनजिक भएको हो । सरकारी सेनाले विद्रोहीलाई मारेको दावी गरे पनि मृत्यु हुनेमा २० जना बालबालिका र धेरै सर्वसाधारण छन् ।

राजधानी दमासकस नजिक गुटा भन्ने स्थानमा हवाइ र रकेट आक्रमण गरिएको हो । सरकारी सेनाले विद्रोहीलाई लक्षित गरी आक्रमण गरेको दावी गरेको छ । तर मृत्यु हुनेमा धेरैजसो सर्वसाधारण रहेको सिरियन अब्जरभेटरी ह्युमन राइट्सले जनाएको छ ।

चार लाखभन्दा बढी व्यक्तिहरुको बसोबास रहेको गुटालाई सन् २०१३ देखि विद्रोहीहरुले नियन्त्रणमा लिएका छन् । यसलाई विद्रोहीबाट मुक्त पार्ने प्रयासमा सरकार लागेको छ । सोमबार हवाइ आक्रमण गरेको सिरियाली सेनाले स्थल आक्रमण पनि गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: Feb 20, 2018

प्रतिक्रिया दिनुहोस्