Logo
१५ चैत्र २०८०, बिहीबार
(February 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनप्रतिनिधिले व्यवहार र कार्यशैलीमा परिवर्तन गर्दै जनआस्था वृद्धि गर्नुपर्ने

हेटौँडा : प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिले आफ्नो आचरण व्यवहार र कार्यशैलीमा परिवर्तन गरी जनतालाई प्रजातन्त्रप्रतिको जनआस्था वृद्धि गर्नेतर्फ उन्मुख हुनुपर्ने बताए ।

उनले ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रदेश नं ३ प्रदेश राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समितिद्वारा सोमबार हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय अखण्डताप्रति जगेर्ना गरी जनताको आर्थिक समृद्धि गर्नेतर्फ लाग्नुपर्दछ भने, ।

मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ अन्तर्गत केही जिल्लामा ऊर्जा शक्तिको उत्पादन गरी औद्योगिक विस्तारलाई टेवा पु¥याउन संघीय सरकारले गुरुयोजना तर्जुमा गरी राष्ट्रलाई आत्मनिर्भर बनाउने योजनालाई उच्च प्राथमिकता दिनुपर्ने विश्वास व्यक्त गरे ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले सो अवसरमा राष्ट्रिय झण्डोत्तोलन गरेका थिए । यसैबीच राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने क्रममा हेटौँडाको बुद्धचोकबाट निस्केको झाँकीसहितको ¥यालीले स्थानीय नगर परिक्रमा गरी सिद्धार्थ उच्च माविको प्राङ्गणमा पुगेपछि समारोहमा परिणत भएको थियो ।

प्रकाशित मिति: Feb 19, 2018

प्रतिक्रिया दिनुहोस्