Logo
७ बैशाख २०८१, शुक्रबार
(February 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुसको चर्चमा अन्धाधुन्ध गोली चल्दा ५ जना महिलाको मृत्यु

रुसको अस्थिर राज्य दागेस्तानको एक चर्चमा अन्धाधुन्ध गोली प्रहार हुँदा पाँचजनाको ज्यान गएको छ । ज्यान गुमाउने सबै महिला रहेको बिबिसीले उल्लेख गरेको छ ।

रुसको अस्थिर राज्य रिपब्लिक अफ दागेस्तानको चर्चमा भएको गोलीकाण्डमा प्रहरी अधिकारीसहित अरु पाँचजना घाइते भएको सरकारी अधिकारीले बताएका छन् ।

किजल्यार शहरको चर्चबाट आइतबार बेलुकाको प्राथना सकेर निस्केका मानिसलाई लक्षित गरी एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएका हुन् । दागेस्तानकै २२ वर्षे युवा खालिद कालिलोभले अन्धाधुन्ध गोली चलाएका हुन् ।

प्रहरीको जवाफी कारवाहीमा उनी मारिएका छन् । बिद्रोही संगठन इस्लामिक स्टेट ९आइएस० ले आक्रमणमा आफ्नो हात रहेको दाबी गरेको छ । शिकारका लागि प्रयोग गरिने बन्दुकबाट अन्धाधुन्ध गोली प्रहार भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: Feb 19, 2018

प्रतिक्रिया दिनुहोस्