Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एब्रोड स्टडीका लागि उत्कृष्ट गन्तब्य बन्दै एनआईबीसी एजुकेशनल फाउण्डेशन

काठमाडौं : एक दर्जनभन्दा बढी मुलुक र सयभन्दा बढी उच्च स्तरीय अन्तरराष्ट्रिय विश्वविद्यालयमा अध्ययनका लागि अवसर प्रदान गर्दै आइरहेको एनआईबीसी एजुकेशनल फाउण्डेशन पछिल्लो समय विदेश गएर अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि पहिलो रोजाईको कन्सल्टेन्सी बन्दै गएको छ । काठमाडौंको मुटु नयाँ बानेश्वरमा विगत ७ वर्षदेखि सञ्चालनमा रहेको उक्त कन्सल्टेन्सीले विश्वका उत्कृष्ट कलेजहरुमा उच्च शिक्षा अध्ययनका लागि पठाउँदै आएको छ । नेपालमा प्लस टू वा ब्याचलर अध्ययन सकाएपछि एब्रोड अध्ययनमा जाने सोच बनाएका विद्यार्थी वा अभिभावकले भरपर्दो माध्यमका रुपमा एनआईबीसीलाई रोज्दै आएका छन् ।

आफ्नै अत्याधुनिक ल्याब, लाइब्रेरी, दक्ष इन्स्ट्रक्टर र विदेशी कलेजहरुसँगको सिधा सम्पर्कका कारण एनआईबीसी अन्य कल्सल्टेन्सीको दाँजोमा उत्कृष्ट रहंदै आएको छ । त्यसको प्रमाणका रुपमा वर्षेनी यस संस्थाबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको बढ्दो सङ्ख्याले नै पुष्टि गर्दछ । ‘हरेक इन्टेकमा उल्लेख्य सङ्ख्यामा विद्यार्थी यहाँबाट एब्रोड स्टडीका लागि जाने गरेका छन्’, कन्सल्टेन्सीका म्यानेजिङ डिरेक्टर रवि सिंह कुशवाहले भने, ‘यहाँबाट जाने विद्यार्थीहरुले अहिलेसम्म कुनै गुनासो गर्ने मौका पाएका छैनन् ।’ दक्ष तथा वर्षौंदेखि यसै क्षेत्रमा अनुभवी रहेका इन्स्ट्रक्टर र काउन्सलरबाट एब्रोड स्टडीका बारेमा जानकारी गराउनुका साथै सम्पूर्ण प्रक्रिया कन्सल्टेन्सीबाटै हुने भएकाले एनआईबीसीबाट जाने विद्यार्थी सन्तुष्ट देखिन्छन् । कन्सल्टेन्सीले गरेका प्रोसेसमा भिषा सक्सेस रेट पनि बढी देखिन्छ । यहाँबाट अष्ट्रेलियाका लागि भिषा आवेदन दिने विद्यार्थीहरुमध्ये अहिलेसम्म ९५ प्रतिशत विद्यार्थी भिषा पाउन सफल भएका छन् ।


कन्सल्टेन्सीले एक पटक सम्पर्कमा आएका विद्यार्थीलाई नेपाल र विदेशमा हुंदा समेत विभिन्न माध्यममार्फत सम्पर्कमा बसेर आवश्यक परामर्श र सहयोग गर्दै आएको छ । डकुमेन्टेशन, भिषा प्रोसेस, कलेजमा हुने भर्ना र आफू जाने देशको बारेमा सम्पूर्ण जानकारी दिएर विद्यार्थीहरुलाई सहज वातावरण बनाउन कन्सल्टेन्सीको भूमिका महत्वपूर्ण रहंदै आएको छ । साथमा काठमाडौंबाट टाढा रहेका विद्यार्थीहरुलाई एब्रोड स्टडीका बारेमा जानकारी लिन मन लागेमा स्काईप वा टेलिफोनबाट पनि काउन्सेलिङ गर्दै आएको कन्सल्टेन्सीको भनाई छ ।

यसका कारण एनआईबीसीबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले अहिलेसम्म गुनासो गर्ने मौका नपाएको म्यानेजिङ डिरेक्टर कुशवाह बताउँछन् । लामो अनुभवी र अन्तरराष्ट्रिय क्षेत्रमा काम गरेका व्यक्तिहरुको समूह भएकाले यहाँबाट दिइने सेवामा कुनै कमजोरी नहुने कन्सल्टेन्सीको दावी छ । विद्यार्थीहरुले कन्सल्टेन्सीको आगामी नयाँ इन्टेकका कार्यक्रम र अन्य जानकारी पाउन भन्ने उद्देश्यले आफ्ना सबै गतिविधि आफ्नो फेसबुक पेजमा पनि राख्दै आएको छ ।

काठमाडौंमा मुख्य कार्यालय रहेको यस कन्सल्टेन्सीको जनकपुर, वीरगञ्ज र रौतहटमा पनि शाखा कार्यालय रहेका छन् ।

कस्ता विषय अध्ययन गर्न जान पाईन्छ ?

भारत, अमेरिका, अष्ट्रेलिया, जर्मनी, क्यानडा, चाईना, न्यूजील्याण्ड, बङ्गलादेश, फिलिपिन्सलगायतका मुलुकमा विभिन्न फ्याकल्टीमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि यस कन्सल्टेन्सीले काम गर्दै आएको छ । सबैभन्दा बढी भारतमा र त्यसपछि अष्ट्रेलिया, अमेरिकामा जाने विद्यार्थीहरु धेरै छन् । नेपालमा उच्च शिक्षा अध्ययन सकेपछि साइन्स, म्यानेजमेन्ट, मेडिकल, नर्सिङ, कम्प्युटर साईन्स, इञ्जिनियरिङ, जर्नालिज्म, एग्रिकल्चरलगायतका ५० भन्दा बढी विषयमा यहाँबाट विदेश पढ्न जान सकिन्छ ।


यसका लागि आवश्यक आईएलटीएस, टोफल, स्याट, जीआरई, जीम्याट जस्ता अङ्ग्रेजी टेस्ट र अन्य भाषाका कक्षाहरु पनि यहाँ सञ्चालित छन् । शान्त वातावरणमा अनुभवी इन्स्ट्रक्टरबाट ल्याब र लाइब्रेरी सहितको साप्ताहिक टेस्ट हुने भएकाले यहाँबाट आईएलटीएस पढ्नेहरुले राम्रो स्कोर ल्याएको म्यानेजिङ डिरेक्टर कुशवाह बताउँछन् ।

कन्सल्टेन्सीको समय


जाडोयाममा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म र गर्मीयाममा विहान ६ बजेदेखि साँझ ६ बजेसम्म कन्सल्टेन्सी खुल्ने गरेको छ । यो अवधिमा जो कसैले आफूलाई पायक पर्ने समयमा गएर आईएलटीएस पढ्न र अन्य जनकारी लिन सक्नेछन् । ६ हप्ताको यस कोर्षका लागि ६ हजार ५ सय रुपैयाँ लाग्ने छ । आफूले पढ्न चाहेको देश, विश्वविद्यालय र फ्याकल्टीको बारेमा कन्सलटेन्सीले सबै प्रक्रिया गर्दै आएको छ ।

बिशेषता :-

विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुले यहि कन्स्ल्टेन्सी रोज्नुपर्ने बिशेषता के छन ? भन्ने प्रश्नमा म्यानेजिङ डिरेक्टर कुशवाह भन्छन्, ‘हामीसँग विश्वका सयभन्दा बढी टप कलेजहरुसँग सिधा सम्बन्ध छ, इन्टेक शुरु हुने बेलामा सो कलेजका प्रतिनिधि नेपाल आएर विद्यार्थीहरुलाई आफैं जानकारी दिने गर्दछन्, यहाँबाट एप्लाई गर्ने विद्यार्थीको भिषा सक्सेस रेट पनि बढ्दो छ, आईएलटीएस पढ्ने विद्यार्थीले राम्रो स्कोर ल्याउँदै आएका छन्, त्यसैले अरु कन्सल्टेन्सी नराम्रो छन भन्दिन तर, हामी उत्कृष्ट नतिजा दिंदै आएकाले यहाँ आउने विद्यार्थीले गुनासो गर्ने मौका पाउँदैनन् ।’

                                                               कन्सल्टेन्सीका म्यानेजिङ डिरेक्टर रवि सिंह कुशवाह

एउटा विद्यार्थीका लागि राम्रो देशमा गएर अध्ययन गर्नु र विदेश अध्ययनका लागि पठाउनु चुनौतीपूर्ण काम हो । विद्यार्थीको भविष्यसँग जोडिएको विषय भएकाले जुन पायो त्यहि संस्थाबाट जाँदा र सस्तो अनि कामको प्रलोभन देखाएर पठाउने कन्सल्टेन्सीका कारण जेन्युइन काम गरिरहेका संस्थाहरुलाई पनि समस्या परेको देखिन्छ । एक दुई कन्सल्टेन्सीले गलत काम गर्दा र विद्यार्थीहरुसँग बद्मासी गर्दा उत्कृष्ट सेवा दिंदै आएका संस्था पनि त्यहि घानमा मुछिएको कुशवाह बताउँछन् । यसमा राज्यले अनुगमन गरी राम्रो र नराम्रो संस्था छानेर प्रोत्साहन र सजायको व्यवस्था गर्नुपर्ने उनको भनाई छ । यो क्षेत्रमा प्रोफेशनल मान्छे आउने हो र सहि काम गर्ने हो भने विद्यार्थीले विदेश गएर दुःख पाउनु नपर्ने उनको दावी छ । कन्सल्टेन्सीको छाता संगठनको रुपमा काम गर्दै आएका ईक्यान, नाईस जस्ता संस्थाहरुले पनि यसको लागि काम गर्नुपर्दछ ।

प्रकाशित मिति: Feb 19, 2018

प्रतिक्रिया दिनुहोस्