Logo
८ बैशाख २०८१, शनिबार
(February 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एफबिआइको अनुसन्धान एकपक्षीय भयो : डोनाल्ड ट्रम्प

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेपका विषयमा अमेरिकी संघीय अनुसन्धान ब्युरो, एफबिआइले गरेको अनुसन्धान एकपक्षीय भएको बताए ।

सो चुनावमा राष्ट्रपति ट्रम्पको पक्षमा जनमत बनाउने काममा रुसी नागरिक र केही संस्थाकै हात रहेको आरोप उक्त ब्युरोले लगाएको थियो । संयुक्त राज्य अमेरिकामा यस विषयमा विशेष अनुसन्धान भइरहेको भनिएको सो घटनाको बारेमा अनुसन्धानकर्ताहरुले रुसी नागरिकको हस्तक्षेप निर्वाचनमा देखिएको प्रतिवेदन हालैमात्र सार्वजनिक गरेका थिए ।

यो कार्य एकदमै नियोजित तथा आफ्ना विरुद्धमा एकपक्षीय भएको आरोप राष्ट्रपति ट्रम्पले लगाएका छन् । उनले आफ्नो ट्वीट अकाउन्टमा भनेका छन् जुन कुराको अनुसन्धान गर्नै आवश्यक थिएन यस्तो कुरामा एफबिआई लाग्यो र यसले मेरो निर्वाचनसम्बन्धी कार्यक्रम र समूहको बदनाम गर्ने मात्र काम ग¥यो ।

एफबिआइले एकजना रुसी व्यापारीसहित १३ जना रुसी नागरिकमाथि अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति ट्रम्पको पक्षमा धाँधलीपूर्ण काम गरेको आरोप लगाएको छ । सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप रहेको भनी यसअघि नै आलोचना भएको थियो । उक्त संस्थाको पछिल्लो प्रतिवेदन पनि यसैलाई पुष्टीगर्ने खालको आएको समाचारमा जनाइएको छ ।

अनुसन्धानमा यस्तो देखिएको अमेरिकी अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । उक्त निर्वाचनमा रुसको एक इन्टरनेट समूह ‘ट्रोल फार्मको हात रहेको पाइएको अमेरिकाको भनाई छ । सो इन्टरनेट एजेन्सीसँग सम्बद्ध समूहका ती १३ जनाले राष्ट्रपतिमा डोनल्ड ट्रम्पको जितको सम्भावना भनेर देशव्यापी सर्वेक्षण गरी त्यसको परिणाम आमसञ्चारकामाध्यममार्फत देशव्यापी बनाएका थिए ।

उता राष्ट्रपति ट्रम्पले फ्लोरिडाको विद्यालयमा हालै भएको हत्याकाण्डको कुनै पनि सूचना प्राप्त गर्न नसकेको भनी एफबिआइको कडा आलोचना गरेका छन् । उनले भने, एफबिआइले हत्याराको बारेमा एउटामात्र संकेत बुझ्न नसक्दा यस्तो दुर्घटना हुन पुगेको छ । उसले समयमै यसको संकेत बुझेको भए यो दुर्घटना टर्न सक्दथ्यो ।

प्रकाशित मिति: Feb 18, 2018

प्रतिक्रिया दिनुहोस्