Logo
१३ बैशाख २०८१, बिहीबार
(February 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नरेन्द्र मोदीले आफूसँग विवाह गर्र्नुपर्ने भन्दै ५ महिना देखि धर्ना !

मानिसहरुका अनेक सोख हुन्छन् तर ती सबै पुरा भने हुन गाह्रो छ । संसार अनौठो पनि छ कि कसैका लागि कोहि व्यक्ती अनशन बस्छ त कोहि धर्ना पनि । यस्तै भएको छ भारतमा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसँग विवाह गर्र्नुपर्ने भन्दै ५ महिना देखि धर्ना धर्ना बसेकी छिन् । राजस्थानको जयपुरमा बस्दै आएकी ओम शान्ति शर्माले आफू नरेन्द्र मोदीसँग विवाह गर्ने आफ्नो इच्छा पूरा गर्न धर्नामा बसेको बताएकी हुन् ।

ओम शान्ति शर्मा सेप्टेम्बर ८ देखि दिल्लीको जन्तर मन्तरमा धर्नामा बसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पतिले धोका दिएको र आफू निकै तनावमा रहे पछि धर्नामा बसेको शर्माले बताएकी छिन् । आफ्नो दुःख नरेन्द्र मोदीले मात्रै बुझ्न सक्ने उनको भनाई छ । ती महिलाले नरेन्द्र मोदी आफू भन्दा बढी उमेरका भएकाले उनको सेवा गर्ने इच्छा व्यक्त गरेकी छिन् । मोदीले गरीव तथा दुःखीको आवाज सुन्ने बानी आफूलाई निकै मन पर्ने समेत शर्मा बताउँछिन् । साथै उनले मोदीलाई पाउन जस्तो सुकै तपस्या गर्न आफू तयार रहेको समेत भनेकी छिन् । एजेन्सी

प्रकाशित मिति: Feb 17, 2018

प्रतिक्रिया दिनुहोस्