Logo
८ बैशाख २०८१, शनिबार
(February 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरमा होली हंगामा : भोजपुरी सुपरस्टार निरहुआ र अम्रपाली आउने

जनकपुरधाम : होली पर्वको अवसरमा जनकपुरमा होली हंगामा मैथिली भोजपुरी सांकृतिक सांगीतिक कार्यक्रम हुने भएको छ । अगामी फाल्गुन १७ गते होली पूर्वको पूर्व संध्यामा हुने सांस्कृतिक कार्यक्रमा भोजपुरी तथा मैथिली टेलि तथा फिल्म क्षेत्रका चर्चित कलाकारहरु सहभागि हुने छन् । जनकपुरको तिरहुतियागाछीमा आयोजन हुने होली हंगामा कार्यक्रमको मुख्य आकर्षणका रुपमा आउने भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव निरहुआ , नायिका अम्रपाली दुवे, आईटम क्वीन सिमा सिंह लगायतले मनोरञ्जन प्रदान गर्ने छन् ।

यस्तै मैथिली टेलि सिरियल क्षेत्रका रोचक घोचक तथा हुक्का लोलीका कलाकारहरुले समेत सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजक यसराज प्रोडक्सनले शनिवार जनकपुरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । उक्त कार्यक्रममा कलाकार सन्तोष राज, सेलिना कुँवर, विजय यादव निर्जिव लगायतका कलाकारले पनि कला प्रस्तुत गर्ने छन् । कार्यक्रममा सहभागी हुनका लागि टिकट दर ५ सय र एक हजार रहेको र प्रत्येक टिकेटमा उपहारको व्यवस्था समेत गरेको जानाएको छ । नागरिक टाइम्स उक्त कार्यक्रमको अफिसियल मिडिया पार्टनर रहेको छ ।

प्रकाशित मिति: Feb 17, 2018

प्रतिक्रिया दिनुहोस्