Logo
१३ बैशाख २०८१, बिहीबार
(February 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकारपछि राजपा–फोरमको पुरानै अडान : पहिला संशोधन अनि मात्र अरु कुरा !

काठमाडौ : नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली नेतृत्वको सरकार बनेपछि मधेश केन्द्रित दलले पुरानै अडान दोहराएको छ । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ओली सरकारको कामकार्य हेरेर मात्र कुनै प्रतिकृया जनाउने बताएको हो ।  ‘चुनावमा जानु भनेको हाम्रो आन्दोलन स्थगित हुनु हैन नी’ टेलिफोन संवादमा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भने ‘हामि त अझै पनि आन्दोलनमै छौं, हाम्रो माग अझै पनि संविधान संशोधन नै हो, यसबारे ओली सरकारले के गर्नेछन् त्यसपछि मात्र हामिले कुनै प्रतिकृया दिने छौं ।’

‘आन्दोलनका बेला हाम्रो जे–जे माग थियो अहिले पनि त्यही हो कुनै परिवर्तन भएको छैन’ उनले भने ‘सरकार बन्नु अघि एमालेले हाम्रो माग संम्बोधनबारे साकारात्मक कुरा गरेका थिए, मलाई विश्वास छ ओली सरकारले हाम्रो माग पुरा गर्नेछन् ।’  संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जनताले वाम गठबन्धनलाई दिएको म्याण्डेट अनुसार सरकार बनेकोले आफुहरको शुभकामना नै हुने बताएका छन् । उनले ओली सरकारले मधेश मुद्दा सम्बोधन गरे फोरम–राजपा समेत सरकारमा सहभागी हुने बताए । ‘जनताको म्याण्डेट उस्ले पाएको छ, त्यसैले एमाले–माओवादीलाई नै सरकार बनाउने अधिकार पनि थियो’ नागरिक टायम्ससंगको प्रतिकृयामा उनले भने ‘तर मधेशको मुद्दाबारे उस्को के धारणा आउने छ त्यसपछि मात्र हामिले कुनै धारणा अघि सार्नेछौं ।’

‘ओली सरकार मधेशको मुद्दा सम्बोधन गर्न तयार भए आफूहरु सरकारमा सहभागी हुन पनि तयार रहेको भन्दै उनले भने ‘तर सरकार गठन पुर्व हामिसंग एमालेले कुनै छलफल गरेको छैन’ । मधेशको मुद्दा राष्ट्रिय मुद्दा भएकोले त्यसलाई संम्बोधन गर्न सबै दल अग्रसर हुनुपर्ने भन्दै उनले भने ‘चुनावका बेला त मधेशमा एमालेका नेताहरुले संशोधनको मुद्दा नै अब हाम्रो हुनेछ भन्दै भोट मागेका थिए, तर खोई अहिले त केहि कुरा गर्नु भएको छैन ।’ यादवले एमालेसँग आफूहरुको कुराकानी भएको छ, तर उसैले वास्ता नगरेपछि पछिपछि जाने कुरा नहुने यादवले टिप्पणी गरेका छन् । सायद हाम्रो आवश्यकता नभएर होला ।

सरकार गठनको बारेमा हामीसँग छलफल गरेको छैन, उनले भने, ‘राष्ट्रियसभा चुनावको समयमा नै हामीले प्याकेजमै सहमति गरौं भनेका थियौै । र हामीले केही प्रस्ताव पनि राख्यौं । उनीहरुले पार्टीमा छलफल गरेर कुरा गरौंला भने तर हालसम्म छलफल गर्न आएका छैन ।’ मधेशवादी दलहरुको मुख्य मागनै सविधान संशोधन हो । त्यसपछि मधेश आन्दोलनको समयमा पक्राउ परेका आन्दोलनकारीको रिहाई, आन्दोलनका क्रममा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता लगायतका माग प्रस्तुत गरेको छ । तर, एमाले र माओवादी केन्द्रले त्यसको प्रतिकृया अझै दिएको छैन ।

एमालेलाई नै छैन चासो
उता, एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले सरकार गठन प्रक्रियाको सुरुवात गरेपनि मधेशवादी दलतर्फ भने कुनै चासो नदिएको पाइएको छ । प्रधानमन्त्री बन्नुअघि एमालेका अध्यक्ष ओलीले मधेशी दलसँग पटक–पटक छलफल गरेका थिए । तर, सरकार गठनको बेला कुनै सोधखोज गरेनन् । एमाले र माओवादीको यो बेवास्तालगत्तै मधेशवादी दलहरुले चित्त दुखाएका छन् । सरकार गठनको बेला माओवादी केन्द्र र एमालेले आफूहरुसँग छलफल गर्न आउला भनि मधेशवादी दलका नेताहरु पर्खेर बसेका थिए । तर, एमालेले माओवादी केन्द्रलाई मात्र साथमा लिएर सरकार बनाएको छ ।
यसअघि ओलीले फोरमका अध्यक्ष यादव र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग सरकार गठनको विषमया पटक–पटक छलफल गरेका थिए ।

तर, उनीहरु सविधान संशोधनको अडान लिएपछि एमाले पछि हटेको बताइन्छ । त्यही भएर सरकार गठनको समयमा प्रधानमन्त्री ओलीले उनीहरुलाई वास्ता गरेनन् । यद्यपी, एमालेका उपाध्यक्ष भीम रावलले भने, ‘एमाले पार्टी संविधान सांशोधनका विरोधी कहिल्यै थिएन, काँग्रेसले विरोधी देखएको मात्र हो । राष्ट्रलाई असर गर्न सक्ने बाहेक सबै विषयमा संशोधन गर्न एमाले तयार छ ।’ उनले एमाले सविधान संशोधन गर्न तयार छ तर मधेशी दलले त्यसका लागि तयार नरहेको गुनासो गरे । हामीसँग कुरै नगर्ने बाहिर बाहिर एमालेले संशोधन हुन दिएन, संशोधन हुन दिइरहेको छैन भन्दै हिडेर सविधान संशोधन हुँदैन, उनले भने, ‘बसौं छलफल गरौं, कहाँ–कहाँ संशोधन गर्न सकिन्छ, छलफल गरेर त्यसलाई टुग्याँउ । तर, राष्ट्रको अहित हुने खालको संशोधनमा एमाले तयार हुनेछैन ।’

यता, भारतीय विदेश मन्त्री सुष्मा स्वराजले माघ १८ गते गरेको नेपाल भ्रमणको क्रममा अध्यक्ष ओली नेतृत्वको सरकारलाई समर्थन गर्न मधेशी नेतालाई सुझाव दिएकी थिइन् । तर, नेताहरुले सो सुझाव त्यतिबेलै इन्कार गरेका थिए । उनीहरुले सविधान संशोधनको विषयमा एमाले स्पष्ट नभएसम्म सहायोग नगर्ने प्रतिकृया दिएका थिए । तर, स्वराजले पनि संविधान संशोधनको बारेमा मधेशवादी दललाई कन्भिन्स गर्न सकेनन् । सो क्रममा स्वराजले सविधान संशोधनका लागि तपाईहरुले जस्तोसुकै गर्नुस् तर सरकारमा ओलीलाई सघाउनुस् भनि दबाबनै दिएकी थिइन् ।

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्