Logo
८ बैशाख २०८१, शनिबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं ५ लाई उत्कृष्ट र अब्बल प्रदेशको रुपमा विकास गरिने : मन्त्री चौधरी

नवलपरासी : प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश नं ५ लाई देशकै उत्कृष्ट र अब्बल प्रदेशको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवलस्थित शहीद विष्णु पाण्डेको शालिकमा माल्यार्पण कार्यक्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन । यस प्रदेशलाई भौतिक पूर्वाधारको हिसाबले स्तरोन्नति गरी चौतर्फी विकास गर्दै देशकै नमूना र सवल प्रदेशको रुपमा विकास गरिने उनले बताए ।

प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री चौधरी नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ बाट निर्वार्चित सदस्य हुन । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल–१ पथरहैया गाउँमा २०२२ साल असार १४ मा जन्मिएका चौधरी इन्जिनियरिङ पेशा बाट राजनीतिमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्