Logo
१२ बैशाख २०८१, बुधबार
(February 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

दाङ : लमही नगरपालिका–६ स्थित घोराही–लमही सडकखण्डको वेल्दमार मोडमा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।

बिहिबार दिउँसो काठमाडौँबाट तुलसीपुर जान लागेका ना६ख २३३१ नंको बसले घोराहीबाट लमही आउँदै गरेको रा४प २९९९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा लमही नगरपालिका–६ देउपुर निवासी १९ वर्षीय मीनराज न्यौपाने र घोराही उपमहानगरपालिका २१ वर्षीय मञ्जित गुप्ता रहेका छन् । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Feb 15, 2018

प्रतिक्रिया दिनुहोस्