Logo
१२ बैशाख २०८१, बुधबार
(February 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं ७ को मुख्य मन्त्रीमा भट्ट नियुक्त, फागुन ५ मा शपथ

धनगढी : प्रदेश नं ७ को मुख्य मन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता त्रिलोचन भट्ट बिहीबार नियुक्त भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन् । मुख्य मन्त्रीको शपथ ग्रहण भने यही फागुन ५ गते गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्य मन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए । अठचालीस वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।प्रदेश नं ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् ।

प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्ल बिहीबार नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्टलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गर्दै । तस्वीर : सिद्धराज भट्ट

 

प्रकाशित मिति: Feb 15, 2018

प्रतिक्रिया दिनुहोस्