Logo
११ बैशाख २०८१, मंगलबार
(February 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङमा बसको ठक्करबाट दुईको मृत्यु

दाङ : दाङमा बसको ठक्करबाट बिहीबार दुई जनाको मृत्यु भएको छ। लमही नगरपालिका वडा नम्बर ६ वेल्दमार मोडमा काठमाडौंबाट तुलसीपुर जान लागेको ना ६ ख २३३१ नम्बरको बसले घोराहीबाट लमही आउँदै गरेको रा ४ प २९९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख सुरज खड्काले जानकारी दिए।

मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासि १९ वर्षीय मिनराज न्यौपाने र घोराही उपमहानगरपालिका निवासी २१ वर्षिय मञ्‍जित गुप्ता रहेका छन्। बस र चालक अहिले प्रहरी नियन्त्रणमा छन्।

प्रकाशित मिति: Feb 15, 2018

प्रतिक्रिया दिनुहोस्