Logo
६ बैशाख २०८१, बिहीबार
(February 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत् चोरी संलग्नको आरोपमा आठ जनाको पक्राउ

विराटनगर : विद्युत् चुहावट नियन्त्र अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका–६ बाट नेपाल विद्युत् प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ ।

प्राधिकरण विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट बुधबार राति ११ बजे निस्किएको संयुक्त गस्ती टोलीले हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्राधिकरणले जनाएको छ ।

यसरी पक्राउ पर्नेमा कटहरी–६ बस्ने जितेन सरदार, आनन्द सरदार, दिलीप राजवंशी, नीतिलाल राजवंशी, जीतनारायण सरदार, पहाडी सरदार, वर्ष ५२ को महेन्द्र सरदार र धर्मेन्द्र सरदार छन् । सबै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति: Feb 15, 2018

प्रतिक्रिया दिनुहोस्