Logo
१३ बैशाख २०८१, बिहीबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकतासंगै प्रधानमन्त्रीमा भागवण्डा : तीन वर्ष ओली, दुई वर्ष प्रचण्ड

काठमाडौं : प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अगावैदेखि एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्रबीच अन्ततः पार्टी र सरकारको नेतृत्व भागवण्डामा चलाउने सहमति जुटेको छ । एमाले र माओवादीबीच ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने सहमति पनि जुटेको छ । माओवादी नेताहरुले यो भद्र सहमति भइसकेको दाबी गर्दै आएका थिए भने एमालेले अस्वीकार गरेका थिए ।

यद्यपि वाम गठबन्धनका सुत्रधार एमाले उपाध्यक्ष वामदेव गौतमले सार्वजनिक रुपमा नै आलोपालो प्रधानमन्त्रीको सहमति भएको बताएका थिए । यस सहमतीपछि एमाले अध्यक्ष ओली सुरुमा प्रधानमन्त्री हुनेछन् र उनको कार्यकाल तीन वर्ष हुनेछ । बाँकी दुई वर्षका लागि प्रचण्ड प्रधानमन्त्री हुने एमालेको प्रस्ताव रहेको एक नेताले बताए ।

यसलाई ओपचारिक रुपमा अन्तिम रुप दिन बुधवार मानभवनस्थित एक घरमा पार्टी एकता संयोजन समितिको बैठक बसेको हो । त्यसअघि एमाले स्थायी कमिटी र माओवादी केन्द्रीय कार्यालयका छुट्टा छुट्टै बैठक बसेको थियो र एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले ‘वान टु वान’ वार्ताहरुमा आफूहरुबीच भएको सहमति जानकारी गराएका छन् ।

दुबै दलका नेताहरुले बताए अनुसार एकतापछि पार्टीमा प्रचण्ड र ओलीको संयुक्त नेतृत्व हुनेछ भने प्रधानमन्त्री आलोपालो हुनेछन् । नेताहरुलाई ब्रिफिङ गर्दा ओलीले द्वि-अध्यक्षमा सहमति नजिक रहेको बताएका छन् भने ओली र प्रचण्ड दुवै जना अध्यक्ष रहनेछन् । एक नेताका अनुसार पार्टी कमिटीहरु छरितो बनाउने दुबै दलको सहमति छ । सम्भवतः केन्द्रीय कमिटी ९९, पोलिटब्यूरो ३३ र स्थायी कमिटी ११ सदस्यीय हुनेछ ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्