Logo
१२ बैशाख २०८१, बुधबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकताको स्वरुप टुंङ्गाउदै, ओलीलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव

काठमाडौँ : नेकपा एमालेले पार्टी एकताको स्वरुप टुंङ्गाउदै भावी प्रधानमन्त्रीका रुपमा अध्यक्ष केपी ओलीलाई अघि सारेको छ । बुधबार ललितपुरमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले पार्टी अध्यक्षलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार संसदीय दलको नेताका रुपमा ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारिएको हो ।

एमाले स्थायी कमिटी बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकताबारे पनि छलफल भएको उनले बताए। उनले दुवै पार्टीका आन्तरिक छलफलपछि बुधबार नै पार्टी एकता संयोजन समितिको बैठक बस्न लागेको जानकारी दिए । एमालेको स्थायी कमिटी बैठक चलिरहँदा माओवादी केन्द्रको हेडक्वार्टर बैठक बसेको थियो । नेता पाण्डेका अनुसार दुवै दलले गरेको आन्तरिक गृहकार्यको निष्कर्ष एकता संयोजन समिति बैठकमा राख्ने एमाले–माओवादी केन्द्रबीचको एकताको स्वरुपबारे अन्तिम निर्णय गर्ने छ ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्