Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेका शेरधन राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं : प्रदेश प्रमुख डा गोविन्द सुब्बाले एमाले संसदीय दलका नेता शेरधन राईलाई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमालेले राईको नेतृत्वमा सरकार गठन गर्न सोमबार आफ्नो दाबी प्रस्तुत गरेको थियो । मुख्यमन्त्री राईले भोलि सपथ लिने बताइएको छ । यसका लागि विषेश समारोहको आयोजना गर्ने बताइएको छ ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्