Logo
१३ बैशाख २०८१, बिहीबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद्को निर्णय विपरित एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिदै

काठमाडौँ : शिक्षामन्त्री गोपालमान श्रेष्ठले मन्त्रिपरिषद्को निर्णय विपरित आज एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी गरेका छन् । पदबाट बाहिरिनै लागेका मन्त्री श्रेष्ठले सीटीईभिटी परिषद्को बैठक राखेर सम्बन्धन दिन लागेको स्रोतले बताएको छ ।

परिषदको बैठक दिउँसो १ बजे बस्ने सिटिईभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले जानकारी दिए । मन्त्रीले अध्यक्षता गर्ने बैठकमा सहभागि हुन सदस्यहरुलाई बाँडिएको पत्रमा भने सम्बन्धनको एजेण्डा उल्लेख गरिएको छैन ।

यद्यपी विविध शीर्षक अन्तर्गत छलफल गरेर सम्बन्धन दिने तयारी भएको परिषद् स्रोतले बतायो । यसअघि मन्त्री श्रेष्ठले प्रतिनिधिसभाको आचारसंहिता लागेकौ बेला आर्थिक चलखेल गरेर २५ कलेजलाई ३४ वटा कार्यक्रमको सम्बन्धन दिएको थियो ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्