Logo
७ बैशाख २०८१, शुक्रबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाको राजीनामा तयारीबीच कमल थापाले लिए बिदाई

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने तयारी गर्दैगर्दा सरकारका उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापा मन्त्रालयबाट बिदाई भएका छन् । थापाको बिदाईका क्रममा मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु को सहभागिता थियो भने बिदाईका क्रममा थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

उर्जा मन्त्रालयबाट बिदाई हुने क्रममा मन्त्रालयका सचिब अनुप उपाध्यायले थापालाई ढाका टोपी र खादा लगाई मायाको चिनो स्वरुप पशुपतिनाथको मन्दिर हस्तान्तरण गरेको थापाका सहयोगी राजाराम बर्तौलाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्