Logo
४ बैशाख २०८१, मंगलबार
(February 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम-राजपाको संयुक्त सर्मथनमा मोहम्द राउत मुख्यमन्त्रीमा नियुक्त

जनकपुर : संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सर्मथनमा मोहम्द लालबाबु राउत प्रदेश नं. २ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । यसअघि फोरम नेपाल र राजपा नेपालले संयुक्त रुपमा प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको थियो । फोरम संसदीय दलका नेता समेत रहेका राउतलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले नियुक्त गरेको हो ।

उनले सपथ लिएपछि कार्यभार सम्हाल्नेछन् । भोली बिहिबार प्रदेश नम्बर २ मा सपथग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । जनकपुर चुरोट कारखानामा हुने मुख्यमन्त्रीको सपथ ग्रहण ग्रहण कार्यक्रममा फोरम र राजपाका शीर्ष नेताहरु सहभागि हुने जनाएको छ ।

प्रदेश नं. २ मा एक सय ७ सदस्यीय प्रदेशसभामा बहुमतको सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्छ । यस प्रदेशमा फोरमको २९ र राजपाको २५ गरी जम्मा ५४ सांसद पुग्छ । सरकार बनाउन फोरम र राजपा भागबण्डा मिलाई आपसी सहमति गरिसकेको छ । यस अघि नै प्रदेश प्रमुख कायस्थले मुख्यमन्त्रीका लागि बहुमतसहित आउन दलहरुलाई आहृवान गरेका थिए ।

को हुन् मो.लालबाबु राउत ? 
मुख्यमन्त्रीमा नियुक्त हुनुभएका राउत विरगञ्जका स्थायी बासिन्दा हन् । प्रदेशसभा चुनावमा उनी संघीय समाजवादी फोरमबाट पर्सा क्षेत्र नं. १ को ख बाट आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका विजय कुमार सर्राफलाई झण्डै ३ हजार मतले पराजित गर्दै निर्वाचित भउका थिए । राउत समाजवादी फोरमका सांसद तथा पार्टीका उपाध्यक्ष समेत हुन् । उनको जन्म पर्सा जिल्लाको साविक जगरनाथपुर ३ मा ०२३ साल असार १५ गते भएको थियो । यसअघि उनी प्रध्यापन पेशामा आवद्ध थिए ।

प्रकाशित मिति: Feb 14, 2018

प्रतिक्रिया दिनुहोस्