Logo
१२ बैशाख २०८१, बुधबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकलौटी ढंगले ओली अघि बढेपछि खनाल-नेपालको छुटै गोप्य भेला

काठमाडौं : नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले गतिविधि अघि बढाएको भन्दै  बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालले ओलीविरुद्धको क्याम्पियन अघि बढाएका छन् । ओलीको विरुद्धमा एक भएर लाग्ने भन्दै उनीहरुले आफू पक्षीय नेताहरुको छुट्टै भेला गरेका हुन् । अब बन्ने सरकारको नेतृत्व एमालेले गर्ने निश्चित छ ।

नेताद्धय खनाल र नेपालले आज साँझ आफू निकटका शीर्ष नेताहरुसँग गोप्य परामर्श थालेको स्रोतको दाबी छ । अध्यक्ष ओलीले हालै सम्पन्न निर्वाचनमा टिकट वितरणदेखि प्रदेशको मुख्यमन्त्री बनाउनेबारे सम्म आफूहरुलाई वास्ता नगरेको बरु उल्टै आफ्नो गुटका नेताहरुलाईमात्रै पक्षपोषण गरेको भन्दै उनीहरुले यस्तो गोप्य भेला गरेका हुन् ।

यस्तो अवस्थामा ओलीले पुनः केन्द्रिय सरकारमा समेत आफूहरुलाई बाईपास गर्न सक्ने आँकलनसहित खनालनेपाल पक्षधरहरुले भेला गरेर त्यसको विरुद्धमा सशक्त भएर लाग्ने आजको गोप्य भेलामा छलफल भएको स्रोतको दाबी छ ।नेता नेपालले चितवनबाट काठमाडौं फर्किएलगत्तै उनीहरुको गोप्य भेला काठमाडौंको कुनै एक नेताको घरमा बसेको हो ।

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्