Logo
८ बैशाख २०८१, शनिबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं १ मा सरकार गठनको प्रक्रिया शुरु

विराटनगर : प्रदेश नं १ मा सरकार गठनको प्रक्रिया शुरु भइसकेको छ । प्रदेशसभा सदस्य जीवन घिमिरेले मुख्यमन्त्री पदमा संसदीय दलका नेता शेरधन राईलाई नियुक्तिका लागि नेकपा (एमाले) को औपचारिकपत्र प्रदेश सचिवालयका सचिव रामकृष्ण गुरागाईंलाई बुझाएपछि सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

नेकपा (माओवादी केन्द्र)का प्रदेश संसदीय दलका नेता टङ्क आङबुहाङले पनि राईलाई समर्थन गरेको पत्र सचिव रामकृष्ण गुरागार्इंलाई बुझाउनुभयो । प्रदेश नं १ मा नेकपा (एमाले) को स्पष्ट बहुमत छ । ९३ सदस्यीय यस प्रदेशसभामा नेकपा (एमाले)का मात्र ५१ सदस्य छन् । यसबाहेक नेकपा (माओवादी केन्द्र)को १५ प्रदेशसभा सदस्य छन् ।

नेकपा (एमाले)ले प्रदेश नं १ को संसदीय दलको नेतामा शेरधन राईलाई चयन गरिसकेको छ । नेकपा (एमाले)बाट निर्वाचित प्रदेशसभा सदस्य जीवन घिमिरेले सम्भवतः भोलि अर्थात् बुधबार प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नुहुनेछ । फागुन ३ गते मुख्यमन्त्रीको शपथग्रहण हुने पनि उहाँले जानकारी गराउनुभयो । (रासस)

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्