Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आँखाले कुरा गर्ने प्रियाको ‘नेशनल क्रश अफ इन्डिया’ भाइरल

प्रेमका लागि विशेष कुनै समय हुँदैन । प्रेम सदावहार, सजीव । तर प्रमे गर्नेहरुले फेब्रुअरी १४ लाई प्रेमको उत्सवको रुपमा मनाउने गर्छन् । यो वर्षको प्रेमीहरुको उत्सव आउन अब केही दिन होइन केही घण्टा मात्रै बाँकी छ । यहि बिचमा भारतमा सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ ।

धेरैले यसलाई शेयर पनि गरेका छन् । यो भिडियोले धेरैलाई स्कुले जीवनको प्रेमको सम्झना गराएको छ । अतितको सम्झनाको झ्याल खोलेको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा एक स्कुले छात्रा र छात्रले आँखाको इसारामा आफ्नो मनको कुरा बोलिरहेका छन् । यो भिडियो गीतको सानो अंश हो । भिडियोमा देखिएकी छात्रा मलायालम अभिनेत्री प्रिया प्रकाश वारिया हुन् ।

प्रियाको तस्बिर मानिसहरुले फेसबुक, ट्वीटर र वाट्सऐपसहितका समाजिक सञ्जालमा शेयर गरेका छन् । अनि क्याप्सनमा कोहीले आफू बलियो मनको भए पनि पग्लिएको बताएका छन् । केहीले आफू कमलो मनको रहेको र झन पग्लिएको उल्लेख गरेका छन् ।

यो भिडियो मलयालम चलचित्र ओरु अदार लवको गीतको एक अंश हो । यो चलचित्रले स्कुलमा हुने प्रेमको कथालाई समेटेको छ । चलचित्र यो वर्ष प्रदर्शनमा आउने छ । चलचित्रका निर्देशक उमर लुलु हुन् । संगीत शान रहमानले दिएका छन् ।

यो चलचित्रका धेरै कलाकार नयाँ छन् । प्रिया प्रकाश रहेको भिडियोको अंश ‘मानिक्या पूवी’ गीतको हो । भिडियोमा प्रियासँगै देखिएका छात्र कलाकार रोशन अब्दुल रहूफ हुन् । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि धेरैले प्रियाको तारिफ गरे । त्यसपछि उनले आफ्नो इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै मायाका लागि सबैलाई धन्यवाद पनि दिएकी छन् । प्रिया भारतको केरल राज्यकी बासिन्दा हुन् र उनी अहिले स्नातक तहमा अध्ययनरत छिन् ।

– स्रोत : बिबिसी हिन्दी

प्रकाशित मिति: Feb 12, 2018

प्रतिक्रिया दिनुहोस्