Logo
१३ बैशाख २०८१, बिहीबार
(February 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा गुरुङ

पोखरा : प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङ पक्का भएका छन् । आइतबारका लागि संसदीय दलको नेता चयन गर्ने भन्दै एमालेले प्रदेश नम्बर ४ मा निर्वाचन तय गरेको थियो । यस क्रममा गुरुङले त्यसका लागि उम्मेदवारी पनि दर्ता गराएका छन् । तर संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीका लागि दाबेदारी प्रस्तुत गर्दै आएका किरण गुरुङले उम्मेदवारी दिएनन्।

सहमतिको प्रयासमा नेताहरु बिहानैदेखि लागेका थिए। त्यसैको फलस्वरुप किरण गुरुङले उम्मेदवारी नदिएको एमाले स्रोतले जनाएको छ। अब पृथ्वीसुब्बा गुरुङ एमालेबाट प्रदेश नम्बर चारको संसदीय दलको नेता बन्ने पक्का भएको छ।स्रोतका अनुसार उनी अब प्रदेशको मुख्यमन्त्री पनि बन्ने छन्। पृथ्वीसुब्बा गुरुङ गएको मंसिरमा भएको चुनावमा लम्जुङ क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: Feb 11, 2018

प्रतिक्रिया दिनुहोस्