Logo
१३ बैशाख २०८१, बिहीबार
(February 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ३ को उपसभामुखमा माओवादीकी राधिका तामाङ निर्विरोध

हेटौंडा : प्रदेश ३ को उपसभामुखमा माओवादी केन्द्रकी राधिका तामाङ निर्विरोध निर्वाचित भएकी छन् । तामाङले वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी हुन् । उनको प्रस्तावकमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र समर्थकमा माओवादीकी उपनेता कुमारी मोक्तान छिन् । तामाङले माओवादी सशस्त्र विद्रोहका क्रममा ६०६१ मा नुवाकोटमा जनसरकार प्रमुखको भुमिका निर्वाह गरेकी थिइन् । दोस्रो संविधानभामा सभासद रहेकी उनी कृषि राज्यमन्त्री भएकी थिइन् ।

अरु उम्मेदवारी नपरेपछि उनी निर्विरोध बनेकी हुन् । कांग्रेसले उपसभामुख आफूले पाउनु पर्ने दाबी गरेपनि उम्मेदवारी नै दिएन । नुवाकोट क्षेत्र नम्बर १ को क बाट निर्वाचित ३४ वर्षीया प्रदेशसदस्य तामाङ माओवादी केन्द्रीय सदस्य र पूर्व कृषि राज्यमन्त्री हुन् ।  एमालेका सानु श्रेष्ठ सभामुख निर्वाचित भएका छन् । वाम गठबन्धनका उम्मेदवार उनी पनि निर्वारोध निर्वाचित भएका हुन् ।

 

 

प्रकाशित मिति: Feb 11, 2018

प्रतिक्रिया दिनुहोस्