Logo
४ बैशाख २०८१, मंगलबार
(February 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइतबारदेखि काठमाडौँमा चारदिने करियर गाइडेन्स् सेसन

काठमाडौँ : भारतको डब्लुआरआई ग्लोबल र इन्स्ट्यान्ट प्रमोटर्सको आयोजनामा आइतबारदेखि काठमाडौँमा चारदिने करियर गाइडेन्स् सेसन हुने भएको छ ।

शिक्षामा अहिलेको बजारको माग, अध्ययन र अनुसन्धानका नवीनतम् परिवर्तनलाई समेटेर सेसन गर्न लागिएको आयोजित पत्रकार सम्मेलनमा डब्लुआरआई ग्लोबलका प्रबन्ध निर्देशक विकल्पराज पोखरेलले जानकारी दिनुभयो ।

सेसनमा भारतको अमिटी विश्वविद्यालय, नोइडा अन्तर्राष्ट्रिय विश्वविद्यालय, प्रस्तावित निट्टे मानित विश्वविद्यालय, निटम मानित विश्वविद्यालयलगायतको सहभागिता रहनेछ । (रासस)

प्रकाशित मिति: Feb 10, 2018

प्रतिक्रिया दिनुहोस्