Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाई एयरलाइन्सलाई बक्यौंता बुझाएसँगै १७ दिनपछि हुलाक सेवा सुचारु

काठमाडौं : कार्गो वापतको बक्यौता थाई एयरलाइन्सलाई नतिरेको भन्दै १७ दिनदेखि ठप्प भएको अन्तर्राष्ट्रिय हुलाक सेवा शुक्रबारदेखि सञ्चालनमा आएको छ । विभागले गत डिसेम्बरमा एयरलाईन्सलाई उक्त रकम बुझाउनुपर्ने थियो । तर, समयमै बक्यौंता नतिरेपछि एयरलाइन्सले हुलाक सेवामार्फत कुरियर गरेर पठाउने सामान बोक्न छाडेको थियो । हुलाक सेवा विभागले एयरलाइन्स कम्पनीलाई १ करोड १६ लाख बक्यौंता बुझाएसँगै सञ्चालनमा आएको हो ।

विभागका सूचना अधिकारी राजन पौडेलका अनुसार विभागले चौमासिक रुपमा भुक्तानी गर्दै आएको भएपनि एयरलाइन्सले छिटो रकम माग गरेका कारण यस्तो समस्या आएको हो । थाई एयरलाइन्स धेरै मुलुकमा पुग्ने भएकाले यही एयरलाइन्समार्फत नेपालबाट बाहिर सामान पठाउने सम्झौता गरिएको हो ।

थाई एयरलाइन्सले अन्तर्राष्ट्रिय मुलुकमा दैनिक सयदेखि दुई सय केजी सामान कार्गोमार्फत पु¥याउँदै आएको छ । १७ दिनदेखि हुलाक सेवाअन्तर्गतको अन्तर्राष्ट्रिय कुरियर सेवा बन्द भएपछि विदेश पठाउन भनी दर्ता भएका व्यक्तिगत कागजात र मालबस्तु गौश्वारा हुलाक कार्यालयमा थन्किएका थिए ।

सुचारु भएसँगै यी सामानहरु यथास्थानमा पु¥याउने तयारी भएको गोश्वारा हुलाक सेवा कार्यालयकी सूचना अधिकारी निर्मला थापाले बताइन् । हुलाक कार्यालयमार्फत नेपालबाट अन्य देशमा कागजपत्र, भिसा कार्ड, मोबाइल, लुगा, हस्तकलाका सामान, खाद्यान्न सामग्री, मह, औषधि, फलफूल, दूध, अचारलगायत सामान पठाइन्छ ।

निजी कुरियर कम्पनीले भन्दा चारगुणा सस्तोमा हुलाकमार्फत सामान पठाउन सकिन्छ । अहिले अनलाइन सपिङ तथा आफूलाई चाहिने जुनसुकै मालसामान हुलाकका माध्यमबाट पठाउनेको संख्या बढ्दै गएको छ।

प्रकाशित मिति: Feb 9, 2018

प्रतिक्रिया दिनुहोस्