Logo
१३ बैशाख २०८१, बिहीबार
(February 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले संसदीय दलको नेताका लागि अष्टलक्ष्मी र डोरमणिको उम्मेदवारी

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेता डोरमणि उपाध्यायले प्रदेश नम्बर ३ को संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका छन् । एमालेले प्रदेश नम्बर ३ को संसदीय दलको नेताका लागि शुक्रबार चुनाव गर्दैछ ।

नेकपा एमालेका पोलिट्ब्युरो सदस्य राजेन्द्र पाण्डे प्रदेश नम्बर ३ को मुख्यमन्त्री होडबाट पछि हडेका छन् । उनले भने ‘चुनावमा गएपछि जित्नु पर्छ । जित्ने जस्तो नदेखिएपछि चुनावमा जानुको औचित्य छैन ।’ उनले आफूले उम्मेदवारी दर्ता नगर्ने स्पष्ट पारेका छन् ।

उपाध्यायले भने उम्मेदवारी दर्ता गर्नु पूर्व एमाले अध्यक्ष ओलीलाई फोन गरेर सोधेका थिए । ओलीले पछि नहट्न भनेपछि उपाध्यायले उम्मेदवारी दर्ता गरेका हुन् । यसअघि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवारी दर्ता गरेकी छन् । योसंगै अब दुईजनाबिच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति: Feb 9, 2018

प्रतिक्रिया दिनुहोस्