Logo
१२ बैशाख २०८१, बुधबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालय पुनःनिर्माणका लागी जापानद्धारा ९२ रु लाख अनुदान

काठमाडौँ : जापान सरकारले धादिङको विकट गाउँ सेर्तुङमा अवस्थित विद्यालय भवन निर्माण गर्न रु ९२ लाख अनुदानस्वरुप उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा आज यहाँस्थित जापानी राजदूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंकेश गुरुङले हस्ताक्षर गरे । विसं २०७२ को भूकम्पबाट भत्केको च्याम्रादेवी माविको भवन निर्माण गर्न जापान सरकारले विद्यालय व्यवस्थापन समितिलाई सोझै अनुदान उपलब्ध गराउन लागेको हो ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्