Logo
७ बैशाख २०८१, शुक्रबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरीले विद्यार्थीलाई ट्राफिक नियमबारे शिक्षा दिदै

ललितपुर : जिल्लाका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रहरीले ट्राफिक नियमबारे शिक्षा दिन थालेको छ । ललितपुर महानगरीय ट्राफिक प्रहरी परिसरले गत साताबाट ‘विद्यालयमा शिक्षा कार्यक्रममार्फत विद्यार्थीलाई ट्राफिक नियमका बारेमा सिकाउन थालेको हो ।

एक सातामा नौवटा विद्यालयमा कार्यक्रम गरिएको प्रहरी निरीक्षक सीताराम हाछेथुले बताए । उनले भने, “ललितपुरका सबै विद्यालयमा पुग्ने हाम्रो लक्ष्यसंगै जानकारीमूलक भिडियो र बालबालिकासँग अन्तरक्रिया गरेर उनीहरुलाई ट्राफिक शिक्षा दिन लागिएको होे ।”

हाछेथुका अनुसार भविष्यका सडक प्रयोगकर्तालाई अहिले सिकाउँदा भविष्यमा समेत सडक सुरक्षित हुनेछ । बालबालिकाले आफूले सिकेका कुरा व्यवहारमा उतार्नुका साथै अभिभावकलाई समेत सिकाउँछन् । परिसरले शिक्षकमार्फत समेत बालबालिकालाई सिकाउने योजना बनाएको छ ।

प्याब्सनसँगको सहकार्यमा पहिले शिक्षकलाई तालीम दिने र ती शिक्षकबाट बालबालिकालाई सिकाउने उनको भनाइ थियो ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्