Logo
७ बैशाख २०८१, शुक्रबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२० बर्षिया युवतीको जिपको ठक्करबाट मृत्यु

कञ्चनपुर : पूर्व–पश्चिम राजमार्गअन्र्तगत कञ्चनपुरको झलारी–बाणी सडक खण्डको बनहरा पुलमा जिपको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।

धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको बा १३ च ३९०४ नम्बरको जिपले बनहरा पुलमा पैदल हिडिरहेकी शुक्लाफाँटा नगरपालिका–१ की २० बर्षिया हजारी विकलाई ठक्कर दिदा घटनास्थलमै उनको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणी भट्टले चालक र जिप प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिए । युवतीको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएको छ ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्