Logo
१३ बैशाख २०८१, बिहीबार
(February 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्ञानेन्द्र शाहलाई भारतमा राजाकै रुपमा विशेष सम्मान

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतको उडिसामा राजाकै रुपमा विशेष सम्मान दिइएको छ । विभिन्न संघसंस्थाका व्यक्तिहरुले कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गरेका थिए।

धार्मिक कार्यक्रममा भाग लिन पुरी पुगेका पूर्वराजा शाहको स्वागतमा थुप्रै स्वागतद्वारहरु बनाइएको छ भने उनले बुधबार विशेष कार्यक्रममा सम्बोधन गरेका छन्।
उनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ।

उनलाई पुष्पगुच्छा चढाउने र उपहारहरु दिने क्रम लगातार जारी छ । सोमबार एयर इन्डियाको विमानबाट कोलकाता प्रस्थान गरेका पूर्वराजा शाह बुधबार पुरी पुगेका हुन् ।

निश्चलानन्द सरस्वती जीकाे निम्ताेमा जगन्नाथपुरी सवारी हाेबक्सने क्रममा बिजु पटनायक अन्तर्राष्ट्रिय एयरपाेर्ट भुवनेश्वरमा स्वागत गर्दै उडिसा सरकारका अतिरिक्त मुख्य सचिव तथा अायाेजक संस्थाका पदाधिकारीहरु,महाराजधिराज सरकारलाई उडिसा सरकारले राजकीय अथितिका रुपमा स्वागत तथा सम्मान गरेकाे छ ।

पूर्वराजाकै भ्रमण कभरेज गर्न उडिसा पुगेको एभेन्यूज टेलिभिजनका अनुसार बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वराजा ज्ञानेन्द्र उपस्थित थिए ।

विभिन्न कार्यक्रममा सहभागी भई पूर्वराजा लामो समय त्यस क्षेत्रमा बसोबास गर्नेसमेत एभेन्यूज टेलिभिजनको प्रसारणमा जानकारी गराइएको छ ।

प्रकाशित मिति: Feb 7, 2018

प्रतिक्रिया दिनुहोस्