Logo
१२ बैशाख २०८१, बुधबार
(February 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ४ मा २ सय २९ मत खस्यो, ४ बजेपछि मतगणना

कास्की : प्रदेश ४ मा राष्ट्रियसभा सदस्यका लागि निर्वाचनको मतदान सकिएको छ । मतदान सकिए पनि निर्वाचन नियम अनुसार मतदान केन्द्र भने दिउँसो तीन बजेसम्म नै खुला रहने निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिए । अल्पसंख्यक वा अपांगताबाट नेपाली काँग्रेसका प्रकाश पन्थ यस अघिनै निर्विरोध निर्वाचित भइसकेका छन् ।

राष्ट्रिय सभामा प्रदेश ४ बाट १२ जनाको उम्मेदवारले मनोनयन दर्ता गराए पनि बुधबार १० जना उम्मेदवारकाबीच निर्वाचन भएको छ । नेकपा एमालेका रामबहादुर थापाको उम्मेदावारी खारेजीसँगै पन्थ निर्वाचित भएका हुन् । यसले गर्दा उम्मेदवारको संख्या १० मा सिमित हुन पुगेको हो । जसमा ४ जना महिला, दुई जना दलित र ४ जना अन्य रहेका छन् । ७ जना आज निर्वाचित हुँदैछन् ।

प्रदेश ४ मा ८५ स्थानिय तहका १ सय ७० जना प्रमुख उपप्रमुख र ६० जना प्रदेश सभा सदस्य गरी २३० जना मतदाता मध्ये प्रदेशसभा सदस्य भनिने राजिव गुरुङ बाहेक अरु सबैले मतदान गरेका छन् ।  अदालतबाट जेल सजाँय सुनाईएका गुरुङ सपथ ग्रहण गर्न समेत आएका थिएनन्। क्षेत्रीय निर्वाचन कार्यालका प्रमुख गंगालाल सुवेदीका अनुसार बुधबार ४ बजे क्षेत्रीय निर्वाचन कार्यालय परिसरमा मतगणना सुरु हुनेछ ।

प्रकाशित मिति: Feb 7, 2018

प्रतिक्रिया दिनुहोस्