Logo
१३ बैशाख २०८१, बिहीबार
(February 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवको सर्वत्र प्रशंसा,यस्ता छन् प्रतिक्रिया

काठमाडौं : संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष मो. लालबाबु राउत गद्दीलाई प्रदेश नं. २ को संसदीय दलको नेताको रुपमा चयन गरेपछि अध्यक्ष उपेन्द्र यादवको सर्वत्र प्रशंसा भइरहेको छ ।

मधेशी दलहरुमाथि लाग्दै आएको जातिवाद, नातावाद, परिवारवाद, द्रव्यवाद लगायतका आरोपलाई फोरम नेपालको यो निर्णयले चिर्न सफल भएको छ ।

प्रदेश नं. २ को भावी मुख्यमन्त्रीको रुपमा चर्चामा रहेका लालबाबुलाई फोरम नेपालले आइतबार संसदीय दलको नेताको रुपमा सर्वसम्मतबाट चयन गरेको थियो ।

फोरम अध्यक्ष यादवले यो निर्णयलाई सामाजिक सञ्जालमा सर्वत्र प्रशंसा भइरहेको छ । यादवको यो निर्णय ऐतिहासिक रहेको टिप्पणी भइरहेको छ ।

सामाजिक सञ्जालमा यस्तो छ, प्रतिक्रिया :

स स फो अध्यक्ष श्री उपेन्द्र यादव ने राजनीतिकसुझ बुझ और अदम्य साहस का उदाहरण नेपाल की राजनीति मे पेश किया है।अनुकरणीय है। – Satyanarayan Mandal

अत्यन्त दूरदृष्टियुक्त, परिपक्व र नियन्त्रित निर्णय फोरम अध्यक्ष उपेन्द्र यादवको । केही दिनअघि मेरा मित्र जाकिर हुसैनले बडो आत्मविश्वासका साथ भन्नुभएको थियो, ‘अनिलजी, प्रदेश २ का मुख्यमन्त्री लालबाबु नै बन्नुहुन्छ ।’ मैले कारण सोधे । उहाँको उत्तर थियो, ‘उपेन्द्रजीले मलाई यस्तै भन्नुभएको छ । उहाँ वचनको पक्का हुनुहुन्छ ।’ Anilkumar Karna

उपेन्द्र यादवको एक सही निर्णयले सबैलाई चकित बनाएको छ । उपेन्द्र यादव प्रति आभार…लाल बाबु राउत अब प्रदेश २ को मुख्यमन्त्री सुनिश्चित । अन्य महानुभावहरुले केही सिक्ने कि ? – Anant Anurag

उपेन्द्र जीक एक निर्णय पुनः हुनका महान बना देल । Ghanshyam Mishra

फोरमको उत्कृष्ट निर्णय :
प्रदेश नम्बर २ अर्थात “यादव बाहुल्य प्रदेश” तर मोहम्मद #लालबाबु राउतलाई मुख्यमन्त्री बनाउने निर्णयपछि फोरम झन् मज्बुत हुनेछ । यादव-मुस्लमानको समीकरणले अर्कोपाली फोरम एक्क्ल नेतृत्वमा सरकार बनाउने छन् ।

तर राजपा भने “वैश्य-ब्राह्मण-क्यास्थ” को राजनीतिमा सिमित हुनेछन् । यो ऎतिहासिक निर्णय लिएकोमा आदरणीय #उपेन्द्र यादव सरलाई धेरै-धेरै बधाई तथा #लालबाबु जीलाई अग्रिम शुभकामना !! – Birendra KM

राजनीतिक निर्णयको आफ्नै सन्दर्भ र दायराहरु हुन्छ । तर हिजो संघीय समाजवादी फोरम नेपालको पार्टीका उपाध्यक्ष #लाल_बाबु_राउत गद्दीलाई संसदीय दलको नेताको रूपमा चयन र भावी मुख्यमन्त्री रूपमा प्रस्तुत गर्ने निर्णय आफैमा एतिहासिक महत्त्वको छ । यसको लागि संस फोरम र उपेन्द्र यादवलाई साधुवाद र लालबाबु जी हार्दिक बधाई तथा अग्रिम शुभकामना । – Kashindra Yadav

संघीय समाजवादी फ़ोरम नेपाल प्रदेश न:.२ को संसदीय दलकाे नेतामा लालबाबु राउत गद्दीलाई चयन गर्ने निर्णय स्वागत याेग्य छ । मधेश भित्रकाे सिमान्तकृत मुस्लिम समुदायलाई समेटिनु अपरिहार्य थियाे । Rita Sah

फोरम नेपालबाट केही सिक्नुस् भन्दा राजपा नेपालका नेताहरू झगडा गर्न आउनुहुन्थ्यो । फोरम नेपालले लिएका पछिल्ला निर्णयहरूबाट राजपा नेपालले मात्र होइन तीन ठूला दलले पनि सिक्नु पर्ने देखिन्छ । अरू कुरा सब यस्तै हो । Suresh Kumar Yadav

उपेन्द्र यादवले आज मो0 लालबाबु गद्दीलाई संसदीय दलका नेता बनाएर एक चोटी फेरी प्रमाणित गरेका छन जातीवादी हैन समाजवादी हु। Ashok Yadav

संघीय समाजवादी फोरम यादव हरु को मात्रै पार्टी नभएर सबै को पार्टी हो भन्ने साबित गरेको छ। उपेन्द्र यादव को सहि निर्णय प्रती आभार। प्रदेश न.2 को पहिलो मुख्यमन्त्री मुस्लिम समुदाय बाट Mohammad Lalbabu Raut हुने भएको छ। Raaz K Yadav

Upendra yadav always take wonderful decisions.
First he elected Dr. Rambaran Yadav as Nepal’s first president and now Mohammad Lalbabu Raut the first CM of Province 2. Ree Yazz

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्