Logo
६ बैशाख २०८१, बिहीबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलमा नेपालकाे पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम

आध्यमिक पर्यटन, प्राकृतिक सौन्दर्य र पहाडी पदयात्राका लागि नेपाल विश्वमै गजबको गन्तव्य हो: आस्था सुब्बा
भूमध्य सागर क्षेत्रकै सबैभन्दा ठूलो पर्यटक मेला मानिने मेडिटेरियन टुरिजम मार्केट २०१८ मा ‘नेपाल साँझ’ कार्यक्रम सम्पन्न भएको छ । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तेलअभिबस्थित नेपाली दूतावस र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आइतबार ‘नेपाल साँझ’ सम्पन्न भएको हो ।

पूर्वी भूमध्य सागरको प्रतिष्ठित पर्यटक मेलामा आयोजना गरिएको कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत, विभिन्न देशका कुटनीतिज्ञ, ट्राभल तथा टुर कम्पनी सञ्चालक, नेपाल जिज्ञासु, पत्रकार एवं यात्रा ब्लगरहरूले सहभागिता जनाएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै इजरायलका लागि नेपाली राजदूत निरञ्जनकुमार थापाले सन् २०१५ को विनाशकारी भूकम्पमा छिटो रेस्पोन्स गर्ने मुलुकहरुमध्ये इजरायल पनि रहेको उल्लेख गर्दै त्यो कदमले धेरै नेपालीको जीवन जोगिएको बताए ।

भूकम्पले भत्काएका पदमार्गहरु पुनःनिर्माण भइसकेको भन्दै पर्यटकका लागि नेपालको प्राकृतिक सौन्दर्य अनुपम रहने उनले जानकारी दिए । नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन हरिहरकान्त पौडेलले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रका अागुन्तकलाइ दूतावासकी द्वितिय सचिव आस्था सुब्बाले अागन्तुकालाइ स्वागत गरेकी थिइन्। सुब्बाले नेपाल पदयात्रीहरुका लागि स्वर्गको टुक्राजस्तै रहेको उल्लेख गरिन् । आध्यमिक पर्यटन, प्राकृतिक सौन्दर्य र पहाडी पदयात्राका लागि नेपाल विश्वमै गजबको गन्तव्य भएको उनले जानकारी दिइन् ।

कार्यक्रममा अन्नपूर्ण प्रथम आरोहण गर्ने पहिलो इजरायली तथा इजरायलका लागि अवैतनिक जनसम्पर्क प्रतिनिधि नदब बेन यहुदाले आफ्नो हिमाल आरोहण अनुभव सुनाएका थिए । तीन पटक सगरमाथा आरोहण गरिसकेकी माया शेर्पाले नेपाल पर्वतारोहणका लागि सुरक्षित रहेको बताएकी थिइन् । नेपाली पर्यटन बोर्डका सुदन सुवेदीले नेपालमा घुमफिर गर्ने गन्तव्यबारे प्रस्तुति दिएका थिए । नेपाली संस्कृति, सम्पदा, प्राकृतिक सौन्दर्य, राष्ट्रिय निकुञ्ज, पदयात्रा मार्ग, परिकार समेटिएको उनको प्रस्तुतिलाई सहभागीले रुचिपूर्वक हेरेका थिए । नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रमका सहभागीलाई नेपाली खानाको स्वाद खुबैसँग मन पराएका थिए।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्