Logo
७ बैशाख २०८१, शुक्रबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामसङले ल्यायो १४ हजारको ‘ग्यालेक्सी ट्याब ए ७.०’

काठमाडौं : ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ट्याव ए नेपाली बजारमा ल्याएको छ । फोर जीको साथ परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्रिको क्षमताले गर्दा यसले इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्ने ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । आकर्षक स्लीम डिजाइन, राउन्ड एज तथा नन् स्लीप प्याटर्नले गर्दा यो प्रयोग गर्न सहज छ ।

यसलाई जस्तो सुकै अवस्थामा पनि एक हातमा सहजै लिन सकिने र एच डि डिस्प्लेको करणले उत्कृष्ट दृश्यको अनुभव प्राप्त हुनुका साथै यो आफैमा एक पावर हाउस भएको कम्पनीले दावी गरेको छ । यसमा लामो समयसम्म चल्ने ४००० एमएएच व्याट्री राखिएको छ, जसले भिडियो प्ले व्याक प्रयोग गर्दा पनि ९ घण्टसम्म निरन्तर चलाउन सकिने समेत कम्पनीले बताएको छ ।

१.५ गिगाहर्ज को क्वाड कोर प्रोसेसर, १.५ जिबिको ¥याम तथा ८ जिबिको इन्टरनल मेमोरि (माइक्रो एस डि कार्डको प्रयोग गरी २०० जिबि सम्म बढाउन सकिने) ५ मेगा पिक्सलको ए एफ रियर क्यामरा जसले सफा एवं स्पर्ट फोटो खिच्न सकिन्छ। साथै यसमा २ मेगा पिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।  ग्यालेक्सी ट्याब ए नेपाली बजारमा रु. १५९००मा उपलब्ध रहेको छ। यसका दुई आकर्षक रंगहरु ह्वाइट तथा तथा ब्ल्याक रहेका छन् । ग्यालेक्सी ट्याब ए नेपाल अधिराज्यभर सामसङका आधिकारिक ब्राण्ड स्टोरहरुमा मिति यहि माघ २३ गते देखि उपलब्ध रहेको छ ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्