Logo
११ बैशाख २०८१, मंगलबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस संसदीय दलको नेतामा रामसरोज सर्वसहमत

धनुषा : प्रदेश २ मा नेपाली कांग्रेस संसदीय दलको नेतामा रामसरोज यादव सर्वसहमत चयन भएका छन् । सोमबार जनकपुरस्थित पार्टी कार्यालयमा बसेको बैठकले यादवलाई सर्वसहमत चयन गरेको हो । यस अघि प्रदेश २ मा सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरमले पार्टीका उपाध्यक्ष लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरेको गरि सकेको छ ।

प्रदेश २ मा कांग्रेसका १९ जना सांसद छन् । नेता चयन गर्न आइतबार राति जनकपुरमा कांग्रेस नेता विमलेन्द्र निधिले रात्री डिनरको आयोजना गरेका थिए । तर, दलका नेतामा सर्वसहमत हुन नसक्दा सोमबार बैठक बसेको थियो । यादव धनुषाबाट निर्वाचित भएका हुन् ।

फोरमको आइतबार जनकपुरमा बसेको बैठकले उनलाई सर्वसम्मत नेता चयन गरेको हो। राउतलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ । प्रदेश २ मा दोस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजप), नेकपा एमाले र माओवादी केन्द्रले संसदीय दलका नेता बनाउने तयरीमा छन् । राजपाले जितेन्द्र सोनल र नवलकिशोर साहमध्ये एकलाई नेता बनाउने चर्चा छ ।

एमालेमा संसदीय दलको नेताका लागि शत्रुधन महतो र सत्यनारायण मण्डल नेता बन्ने दाबी गरेका छन् । दई नेताबीच दलको नेता बन्नेबारे विवाद छ । माओवादी केन्द्रले भरत साहलाई दलको नेता बनाउने करिब टुंगो लगाएको छ । माओवादी केन्द्रको नेता चयन गर्न बैठक बस्न सकेको छैन ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्