Logo
७ बैशाख २०८१, शुक्रबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ४ को पहिलो बैठक, अधिकांशका लागि पहिलो अवसर

पोखरा : प्रदेश ४ को पहिलो बैठक सुरु भएको छ । अहिले सांसदहरुले मन्तव्य राख्ने क्रम जारी छ । त्यसअघि शहीदहरुको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । प्रदेश ४ का अधिकांश सांसदका लागि संसदीय अभ्यास नौलो छ । त्यसैले उनीहरु नयाँ उत्साह र जिम्मेवारीवोध सहित संसद भवन प्रवेश गरेका छन् । प्रदेश ४ मा प्रत्यक्ष र समानुपातिक गरी जम्मा ६० जना सांसदहरु छन् । तिमध्ये ५३ जना सांसद नयाँ छन् । पक्राउ वारेन्ट जारी भएकाले दीपक मनांगे उपस्थित नभएकाले ५२ जना नयाँ अनुहार प्रदेश ४ को संसदमा देखिएको छ ।

त्यसो त प्रदेश संसदमा भाग लिने ६ जनाले भने केन्द्रीय संसदको स्वाद चाखिसकेका छन् । एमालेका पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, नरदेवी पुन, माओवादीकी आशा खनाल, कांग्रेसका मणिभद्र शर्मा र कुमार खड्काले केन्द्रीय संसदको स्वाद लिइसकेका छन् । मन्त्रीसमेत बनिसकेका उनीहरुलाई पनि प्रदेश संसदको अभ्यास नौलो हुनेछ । त्यसैले पूर्ववनमन्त्री समेत रहेका एमालेका किरण गुरुङले प्रदेश संसदमा प्रवेश पाउँदा नयाँ उत्साह थपिएको बताउँछन् । ‘संसदको स्वाद लिइसकेको भए पनि प्रदेश संसद हाम्रा लागि पनि नयाँ हो,’ किरणले भने । यसैगरी माओवादीबाट महिलामन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेकी आशा खनालले प्रदेश सभा छिर्दा थप जिम्मेबारीबोध भएको बताइन् ।

अधिकांश सांसदका लागि यो पहिलो अवसर

संसद भवन छिर्ने अधिकांश सांसदका लागि यो पहिलो अवसर हो । संघीयता कार्यान्वयनको चरणमा संसदको स्वाद लिनेहरु अधिकांश नयाँ अनुहारका छन् ।  ४ नम्बर प्रदेश संसदमा छिर्ने ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक गरी ६० जना सांसदमध्ये ५३ जना सांसदले पहिलोपटक संसदको स्वाद लिँदै छन् । त्यसमध्ये मनाङबाट प्रदेश सभा सदस्य बनेका राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा फरार रहेका कारण ५२ जना सांसदले पहिलोपटक यो ऐतिहासिक अवसर पाएका छन् । ५२ जनामध्ये ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले सभामुखको भूमिका निर्वाह गर्दैछन् ।

प्रदेश संसदका भाग लिने ६ जनाले भने केन्द्रीय संसदको स्वाद चाखिसकेका छन् । ६ मध्ये पनि ५ जना पूर्वमन्त्री छन् । एमालेका पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, नरदेवी पुन, माओवादीकी आशा खनाल, कांग्रेसका मणिभद्र शर्मा र कुमार खड्काले केन्द्रीय संसदको स्वाद लिइसकेका छन् । यीमध्ये पनि पृथ्वीसुब्बा पर्यटनमन्त्री, किरण वनमन्त्री, आशा महिला, बालबालिका तथा समाजकल्याण, नरदेवी पशुपंक्षी विकास राज्यन्त्री बनिसकेका छन् । दोस्रो संविधान सभाको निर्वाचनमा अखण्ड नेपाल पार्टीबाट चुनाव जितेका एकमात्र सांसद कुमार खड्का पनि महिला तथा बालबालिका मन्त्री भइसकेको छन् । अहिले पार्टीलाई कांग्रेसमा समाहित गराएपछि खड्का कांग्रेसबाट समानुपातिक सांसद बनेका हुन् ।

केन्द्रीय संसदमा प्रतिनिधित्व गरे पनि देश संघीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश संसदमा छिर्न लागेकाले उत्साही बनाएको सांसद किरण गुरुङले बताए । ‘संसदको स्वाद लिइसकेको भए पनि प्रदेश संसद हाम्रा लागि पनि नयाँ हो,’ किरणले भने । दोस्रो पटक संसद छिर्न लागेको भए पनि प्रदेश सभा छिर्न लागेको पहिलो पटक भएकाले थप जिम्मेबारीबोध गराएको माओवादीकी आशा खनालले बताइन् ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्