Logo
७ बैशाख २०८१, शुक्रबार
(February 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम संसदीय दलको नेतामा लालबाबु राऊत निर्विरोध निर्वाचित

जनकपुर : संधीय समाजवादी फोरम प्रदेश नम्बर २ को संसदीय दलका नेतामा मोहम्द लालबाबु राउत निर्वाचित भएका छन् । राउत निर्विरोध चायन भएका हुन् , अब प्रदेश नम्बर २ मा फोरमको तर्फबाट राउत नै मुख्यमन्त्री बन्ने भएका छन् । प्रदेश २ मा फोरम र राजपाको बहुमत छ र दुबैले गठबन्धन बनाएर चुनाव लडेका थिए ।

जनकपुरमा बसेको दलको बैठकले सर्वसम्मत रुपमा राउतलाई दलको नेता चयन गरेको हो । यसअघि दलको नेताका लागि राउतसहित ७ जनाले उम्मेदवारी दिएका थिए । तर, सहमतिका लागि अरुले नाम फिर्ता लिएपछि राउत सर्वसम्त भएका हुन् ।

फोरमका केन्द्रीय उपाध्यक्ष रहेका लालबाबु राउत पूर्वसभासद समेत हुन् । उनी पर्सा जिल्लाको साविक जगरनाथपुर वडा नम्बर ३ मा ०२३ साल असार १५ गते जन्मेका हुन् । पछि उनको बसोबास वीरगञ्ज-१५ मा भयो । उनी दोस्रो संविधानसभामा उनी समानुपातिक तर्फबाट सभासद थिए । वीरगञ्जले प्रदेशको राजधानी मागिरहेका बेला मुख्यमन्त्री चाहिँ वीरगञ्जकै बासिन्दा बन्ने लगभग निश्चितजस्तै देखिएको छ ।

फोरम उपाध्यक्ष राउतले अंग्रेजी विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । साथै उनले कानुनमा एलएलबीसमेत गरेका छन् । उनका दुई छोरा र एक छोरी छन् । राजनीतिमा प्रवेश गर्नुअघिसम्म उनले वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा केही समय अंग्रेजी विषयमा प्राध्यापन पेशासमेत गरेका थिए । राजनीतिमा ०५८ सालदेखि प्रवेश गरेका राउत संविधानसभामा युवा पुस्ताका वौद्धिक नेताका रुपमा परिचित थिए । संविधानसभामा आएपछि उनको राजनीतिक उचाई राष्ट्रिय रुपमा चुलिएको हो ।

प्रकाशित मिति: Feb 4, 2018

प्रतिक्रिया दिनुहोस्