Logo
१३ बैशाख २०८१, बिहीबार
(February 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमंत्री र सभामुखमा फोरमको दाबी : आजको लागि अन्तरिम जिम्मेवारी

जनकपुर : प्रदेश नम्बर २ को सरकार बनाउने तयारीमा रहेको संघीय समाजवादी फोरमले मुख्यमंत्री र सभामुखमा दावी गरेको छ । उस्ले अर्को घटक राष्ट्रिय जनता पार्टीले उपमुख्यमन्त्री समेत ४ मन्त्रालय र उपसभामुख लिनुपर्ने प्रस्ताव गरेको हो । प्रदेश सभा बैठकमा भाग लिन जनकपुर पुगेका फोरम अध्यक्ष उपेन्द्र यादवले शनिवार टेलिफोनमा कुराकानी गर्दै फोरम राजपाको संयुक्त सरकार बन्ने सरकारको नेतृत्व फोरमले गर्ने बताए ।

‘प्रदेश नम्बर २ मा ठुलो पार्टी फोरम हो त्यसैले मुख्यमन्त्री र सभामुखमा पहिलो हक फोरमकै हुनेछ’ उनले भने हामिले राजपालाई उपमुख्यमन्त्री समेत ४ ओटा मन्त्रालय र उपसभामुख लिन प्रस्ताव गरेका छौं, उहाँहरुबाट कुनै प्रतिकृया आएको छैन ।’ राजपा/फोरमको उच्च नेतृत्व सँगै संसदीय दलको बैठकबाट भागभण्डा तय हुने भन्दै उनले भने ‘तर हामिले मुख्यमन्त्री समेत मात्र ३ ओटा मन्त्रालय राख्नेछौं, अन्य सबै राजपालाई प्रस्ताव गरेका छौं, अब हेरौं उहाँहरबाट के जवाफ आउछ ।’

यादवका अनुसार उपमुख्यमन्त्री समेत राजपालाई गृह, भौतिक सहित चार मंत्रालयको दिने प्रस्ताव गरिएको छ । शनिवारबाट जनकपुर स्थित पार्टी कार्यालयमा सुरु भएको फोरम संसदीय दलको बैठकमा समेत यादवले सोही कुरा राखेका थिए । केन्द्रिय सदस्य तथा प्रदेशसभा सांसद योगेन्द्र राय यादवका अनुसार संसदिय दलका नेता, प्रमुख सचेतक, सचेतक आदिबारे बैठक केन्द्रित रहेको छ । यता राजपामा भने संसदीय दलका नेताका रुपमा नवलकिसोर साह र जितेन्द्र सोनलबीत प्रतिस्पर्धा हुनेछ । दुवै जनाले नेताका लागि दावी प्रस्तूत गरेका हुन् । साह पार्टीका बरिष्ठ उपाध्यक्ष हुन भने सोनल महासचिव हुन् ।

यसैबीच, शनिवार बसेको राजपाको केन्द्रीय पदाधिकारी बैठक विना निष्कर्ष टुंगिएको छ भने उस्ले संसदिय दलका नेता समेत तय गर्न सकेनन् । प्रदेश नम्बर २ को संसदीय दलको नेता चयन गर्न जनकपुरस्थित होटल सीताशरणमा बसेको बैठकमा कुरा नमिले पछि तत्कालका लागि अन्तरिम निर्णय गर्दै बैठक सकिउको हो । बैठकमा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा लगायतको सहभागिता थियो । अध्यक्षमण्डलका सबै सदस्यहरु प्रतिनिधिसभा सदस्य हुन् । पहिलो पटक प्रदेश संसदिय दलको बैठक बस्न लागेकोले अध्यक्ष मण्डलका सबै सदस्यहरु उपस्थित भएका हुन् ।

प्रदेशसभाको प्रथम बैठक बस्नु अगावै संसदीय दलको नेता चयन गरिसक्ने उद्देश्यका साथ बसेको बैंठक उक्त विषयमा प्रवेश नगर्दै टुंगिएको अध्यक्ष मण्डलका सदस्य शरत्तसिंह भण्डारीले बताए । उनका अनुसार बैठकले प्रदेशसभा अन्तर्गत गठन हुन लागेको केही समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदको नाम भने टुंगो लगाएको छ । संसदीय दलको नेता चयन गर्ने विषयमा अर्काे बैठक बसेर निर्णय गर्ने उनको भनाई छ । बैठकले आफना सांसदहरुलाई तत्कालका लागि बिभिन्न जिम्मेवारीहरु दिउको छ ।

जसअनुसार कार्यब्यवसथा समितिको बैठकमा राजपाबाट प्रतिनिधित्व गर्न प्रदेश सांसदहरु मनिष सुमन, सुरिता साह र परमेश्वर साहलाई जिम्मेवारी दिएको छ । आइतबार बस्न लागेको प्रदेशसभाको प्रथम बैठकमा पार्टीको तर्फबाट आधिकारिक मनत्ब्य राख्ने जिम्मेवारी जितेन्द्र सोनललाई दिएको छ । त्यसैगरि नियमावली कार्यविधि व्यवस्था समितिमा रामनरेश राय, रमेश पटेल र डिम्पल झालाई प्रतिनिधित्व गर्ने, प्यानल बैठकमा सहभागी हुन पार्टीको तर्फबाट नवलकिशोर शाहको नाम सिफारिस गरिएको छ ।

निर्वाचन प्रक्रियाद्धारा मुख्यमन्त्री चयनगर्ने फोरमको निर्णय यसैबीच, संघीय समाजवादीफोरम नेपालले प्रदेश नं. २ को भावी मुख्यमन्त्री निर्वाचन प्रक्रियाद्धारा चयनगर्ने निर्णय गरेको छ । प्रदेश नं. २ को निर्वाचनमा ठूलो दलको हैसियतले फोरम नेपालले मुख्यमन्त्री चयनको प्रक्रियालाई औपचारिक ढंगले अघि बढाएको छ । यद्यपि, औपचारिक रुपमानिर्वाचनमा जानुअघि सर्वसम्मत ढंगले मुख्यमन्त्रीचयनको अधिकतमप्रयास जारी राख्ने सहमतिभएको फोरम नेपालका प्रदेश सांसद सरोज सिंहले जानकारी दिए । सम्भव भए सर्वसम्मत नभए निर्वाचन मार्फत् चयनहुने प्रदेशको संसदीयदलको नेता नै मुख्यमन्त्रीको उम्मेदबार हुने प्रावधान छ ।

प्रदेश नम्बर दुईको लागि संसदीय दलको नेता चयन गर्न उद्देशयले फोरमको बैठक बसेको थियो । जनकपुर, पिराडी चोकस्थित प्रदेश पार्टी कार्यालयमा बसेको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव, प्रदेश प्रमुख रेणु यादव, सतिव सम्भु झा लगायत वरिष्ठ नेताहरू प्रदेशसभा सदस्यको उपस्थिति रहेको प्रदेश पार्टी सचिव शेषनारायण यादवले जनाए । प्रदेशसभामा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने तयारीमा रहेको फोरम बैठक संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक चयन समेत फोरमको भावी रणनीति तय गर्न केन्द्रित रहेको छ ।

चुनावअघि फोरम नेपाल र राजपाबीच गठबन्धन बन्ने बेलाभएको सहमतिअनुसार जो ठूलो दल हुन्छ उसैको नेतृत्वमा सरकार बन्ने सहमति भएको थियो । जसअनुसार स्वभाविक ढंगले फोरम नेपालले प्रदेश सरकारको नेतृत्वगर्नेगरी मुख्यमन्त्रीचयनको गृहकार्यलाई तीब्रता दिएको हो । बैठकले मुख्यमन्त्री चयनको लागि तीन सदस्य निर्वाचन समिति गठन गरेको छ ।

पार्टी उपाध्यक्ष एवं प्रदेश नं. २ की प्रमुख रेणु यादव संयोजक र मुख्य सचिव शम्भु झा तथा सचिव शेषनारायण यादव सदस्य रहने गरी निर्वाचन समिति बनाइएको छ । यसैगरी, प्रदेश सरकारको नियमावली मस्यौदा समितिको लागि सरोज सिंह र चञ्चमाया मोक्तान चयन भएका छन् । त्यस्तै, फोरम नेपालको नियमावली मस्यौदा तयारी समितिको संयोजकमा रामआशिस यादव तथा सदस्यमा सञ्जय यादव र पारस साह चुनिएका छन् । कार्यव्यवस्था समितिको लागि ज्ञानेन्द्र यादव र योगेन्द्र राय यादव चयन भएका छन्

प्रकाशित मिति: Feb 4, 2018

प्रतिक्रिया दिनुहोस्