Logo
६ बैशाख २०८१, बिहीबार
(February 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपामा बिभिन्न जिम्मेवारी : संसदिय नेतामा नवलकिशोर साह

जनकपुर : राष्ट्रिय जनता पार्टीको संसदिय दलको बैठकले बिभिन्न जिम्मेवारी बाँडफाड गरेको छ ।  राजपा अध्यक्षमण्डलका संयोजक समेत सबै सदस्यहरूको विषेश उपस्थितीमा प्रदेश सभा सदस्यहरूले गरेको निर्णय अनुसार प्यानल अध्यक्षमा (संसदिय नेता) मा नवल किशोर साहलाई चयन गरेको छ ।

त्यस्तै, प्रदेशसभाको सर्वदलिय बैठकमा भाग लिने जिम्मेवारी सुरिता साह, अभिराम शर्मा र परमेश्वर साहलाई दिइएको छ ।  त्यस्तै, कार्य ब्यवस्था परामर्श समितीमा भाग लिने जिम्मेवारी सुरिता साह र मनिष सुमनलाई दिएको छ ।

त्यस्तै, नियमावली मस्यौदा समितीको जिम्मेवारी राम नरेशराय यादव डिम्पल झा र रमेश पटेललाई दिइएको छ ।
त्यसैगरि प्रथम प्रदेश सभा बैठकमा शुभकामना मन्तब्य भने जितेन्द्र सोनलले सम्बोधन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: Feb 3, 2018

प्रतिक्रिया दिनुहोस्