Logo
१५ चैत्र २०८०, बिहीबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इलाममा ४ चोरीका मोटरसाइकल बरामद

इलाम : इलाम मंगलबारेमा चोरी गरेर लैजाँदै गरेका दुई वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बिहिबार बिहान मेची राजमार्गको अस्थायी प्रहरी चौकी हर्कटे कार्यालय नजिकैबाट ती मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

अस्थायी प्रहरी कार्यालयका प्रमुख सन्तोष निरौला र ट्राफिक प्रहरी हवल्दार चारुचन्द ठाकुरको नेतृत्वमा गएको संयुक्त प्रहरी गस्ती टोलीले दुई वटा नम्बर प्लेटबिनाको अनटेस्ट मोटरसाइकल र अरु दुई मोटरसाइकल नियन्त्रणमा लिएको को ३० प. ९०६५ को नीलो रङको पल्सर मोटरसाइकल र ना १४८ प. ७९१० नं को रातो रङको आपाची बाइक बरामद गरिएको जनाइएको छ ।

आपाची मोटरसाइकल प्रिमियम इन्सुरेन्स कम्पनी इलामको नाममा रहेको बुझिएको छ । प्रहरीले नियन्त्रणमा लिएको पल्सर मोटरसाइकल पत्ता लाग्न नसकेको इलामका ट्राफिक प्रहरी प्रमुख पदम राईले जानकारी दिए ।

ट्राफिक प्रहरीको जाँच चलिरहेको देखेपछि चोरहरुले बाटोमै मोटरसाइकल छोडेर भागेको बताइएको छ । चार वटा मोटरसाइकलमा चारजना रहे पनि उनीहरु फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्