Logo
१५ चैत्र २०८०, बिहीबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२५ लाखको सहयोगमा क्याम्पस भवनको निर्माण

कञ्चनपुर : विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीमा क्याम्पस भवन निर्माण गर्न थालिएको छ । आयोगको रु २५ लाखको सहयोगमा कृष्ण वैजनाथ बहुमुखी क्याम्पसका लागि चार कोठे भूकम्प प्रतिरोधी भवन निर्माण कार्य अगाडि बढाइएको छ ।

भवनको अभाव खेप्दै आएको क्याम्पसका विद्यार्थीले श्रीकृष्ण माध्यमिक विद्यालयमा बसी पढ्दै आएका छन् । भवन निर्माण भएपछि विद्यार्थीलाई पठनपाठनमा सहज हुने क्याम्पस प्रमुख गणेशबहादुर ऐरले बताए ।

उनका अनुसार नगरपालिकाको सहयोगमा छ कोठे क्याम्पस भवनसमेत निर्माण भएको छ । त्यस क्याम्पसमा ४३० छात्रछात्रा पढ्दै आएका छन् ।

प्रकाशित मिति: Feb 1, 2018

प्रतिक्रिया दिनुहोस्