Logo
१२ बैशाख २०८१, बुधबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्राफिक शिक्षा

ललितपुर : महानगरीय ट्राफिक प्रहरी ललितपुरले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्ष्य गरेर सचेतना कार्यक्रम थालेको छ । आज यहाँ आयोजना गरिएको ‘विद्यालयमा ट्राफिक शिक्षा’ कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सडक दुर्घटनाबाट धेरै व्यक्तिको मृत्यु हुने भएकाले बालबालिकामार्फत ट्राफिक नियमसम्बन्धी सचेतना फैलाउनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बालबालिकाले आफूले सिकेका कुरा आफू पनि पालना गर्छन् र परिवारमा पनि सिकाउँछन् ।” जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले ट्राफिक नियमका कुरा विद्यालयको पाठ्यक्रममा पनि समेट्नुपर्नेमा जोड दिनुभयो ।

प्याब्सन ललितपुरका अध्यक्ष शिव कार्कीले प्याब्सनले पनि आगामी दिनमा बालबालिकालाई ट्राफिक शिक्षा दिने बताउनुभयो । कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी उपस्थित थिए । (रासस)

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्