Logo
१२ बैशाख २०८१, बुधबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ दिने भ्रमणका लागि चिनियाँ राजदूत यू होङ तराई तिर

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत यू होङ २ दिने भ्रमणका तराई तिर लागेकीछिन् । बुधबार दिउँसो जनकपुर तिर उडेकी राजदूत यू होङ जनकपुर एर्यर्पोटबाट सिधै सीताशरण होटलमा पुग्नेछिन् । जनकपुर बसाइका क्रममा राजदूत होङले राजनीतिक भेटघाटसमेत गर्ने बताइएको छ । उनी जनकपुरस्थित सीताशरण होटलमा बस्नेछिन् ।

त्यसपछि जनकपुरबाट १५ किलोमिटर दूरीमा रहेको गोविन्दपुर तथा जनकपुर आसपासका क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गर्ने कार्यक्रम तय भएको स्रोतले बतायो । राजदूत होङ बुधबार नै दर्शनका लागि जानकी मन्दिरसमेत पुग्ने बताइएको छ । नेपालमा चिनियाँ प्रभाव बढेको भन्दै भारतले चासो व्यक्त गरिरहँदा चिनियाँ राजदूत होङको जनकपुर यात्रा तय भएको हो ।

उनी बिहीबार महोत्तरीको लोहारपट्टी र बलबाका बाढीपिडितलाई राहत वितरण गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।भौगोलिक दूरीका हिसाबले भारतसँग निकै नजिक रहेको प्रदेश २ को अस्थायी राजधानीमा हुन लागेको चिनियाँ राजदूतको भ्रमणलाई निकै अर्थपूर्णरूपमा हेरिएको छ ।

प्रदेश २ को आफ्नो दुई दिने भ्रमणका क्रममा राजदूत होङले धनुषा तथा महोत्तरीका बाढीपीडितलाई राहत वितरण गर्ने कार्यक्रम छ । राजदूत आउन लागेको र सहयोग गर्ने भनिएका जिल्लाहरु भारतसँग सीमा जोडिएका छन् ।

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्