Logo
१५ चैत्र २०८०, बिहीबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मछिन्द्रबहालमा हत्या अभियोगमा एक जना पक्राउ परेको

काठमाडौँ : मछिन्द्रबहालमा सोमबार अज्ञात व्यक्तिको आक्रमणमा परी मृत्यु भएका तुलबहादुर तामाङको हत्या अभियोगमा एक व्यक्ति पक्राउ गरेको छन् ।
दोलखा, शैलुङ गाउँपालिका घर भई इस्टुवेट सेक्युरिटी कम्पनीमा गार्डका रुपमा काम गर्ने तामाङ घाइते भई लडिरहेको अवस्थामा सोमबार बिहान १ बजे महानगरीय प्रहरी वृत्त जनसेवाले फेला पारी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

महानगरीय अपराध महाशाखाको टोली र प्रहरी वृत्त जनसेवासमेतको संयुक्त टोलीले अनुसन्धानका क्रममा सो घटनामा संलग्न मकवानपुर, थाहा नगरपालिकाका राजन थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका क्रममा निज राजन थापा क्षेत्री मछेन्द्रबहाल चोकमा सेक्युरिटी गार्डका रुपमा काम गर्ने गरेको र मृतक तामाङसँग तीन–चार महिनादेखि चिनजान भई एकै ठाउँमा काम गर्दै आएको खुलेको छ ।

ड्यूटीको विषयलाई लिई दुईबीच वादविवाद हुँदै आएकामा गत आइतबार राति निज थापा क्षेत्रीले तामाङलाई आफू ड्यूटी गर्न आउन नसक्ने भनी जानकारी गराउन जाँदा विवाद भएपछि क्षेत्रीले पटक पटक इँटाले टाउकामा प्रहार गरेर तामाङको हत्या गरी भागेको खुल्न आएको प्रहरीले जनाएको छ । अभियुक्त क्षेत्रीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महल बमोजिम कारबाही अघि बढाइने भएको छ । (रासस)

प्रकाशित मिति: Jan 30, 2018

प्रतिक्रिया दिनुहोस्