Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धौलागिरिका शहीद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण

पर्वत : शहीद दिवसका अवसरमा आज बिहानै शहीदको सम्झना गरिएको छ । विसं २०६२÷६३ को जनान्दोलनमा धौलागिरि अञ्चलबाट शहादत प्राप्त गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गरियो ।

स्थानीय एकता युवा क्लबको आयोजनामा भएको सभामा स्थानीय सामाजिक व्यक्तिले सरकारले पछिल्लो समय जस्तोसुकै व्यक्तिलाई पनि शहीद घोषणा गरेर मुलुकका लागि योगदान गर्नेहरुको अपमान गरेको आरोप लगाए ।

शहीद परिवारका सदस्य देव शर्मा पौडेलले पछिल्लो समय सरकारले विभिन्न बहानामा शहीद घोषणा गरेको काम अनुचित भएको बताए । शिक्षासेवी वसन्तबहादुर सिकेले शहीदले देखाएको बाटामा मुलुक लाग्नुपर्नेमा जोड दिए ।

दिवसकै अवसरमा जिल्लाका सात वटै स्थानीय तह र विभिन्न सामाजिक संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेर शहीद दिवसका मनाईरहेका छन् ।

प्रकाशित मिति: Jan 30, 2018

प्रतिक्रिया दिनुहोस्