Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभा : प्रदेश नं १ मा ६ जना निर्विरोध निर्वाचित

विराटनगर : राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा छ जना निर्विरोध निर्वाचित भएका छन् भने दुई पदका लागि निर्वाचन हुने भएको छ । प्रदेश नं १ को निर्वाचन अधिकृतको कार्यालयले आज जारी गरेको सूचनाका आधारमा खुल्लातर्फ नेकपा (एमाले) का परशुराम मेघी गुरुङ (संखुवासभा), नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझी (मोरङ) र एमालेकै हरिचरण शिवाकोटी (झापा) निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, महिलातर्फ एमालेका नैनकला ओझा (मोरङ), नेकपा (माओवादी केन्द्र) का बीना पोखरेल (मोरङ) र काँग्रेसका सरिता प्रसाईं (झापा) निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यही माघ २४ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य पदमा प्रदेश नं १ मा दलित र अल्पसङ्ख्यक गरी दुई पदका लागि चार जना चुनावी मैदानमा हुनुहुन्छ । दलिततर्फ एक पदका लागि एमालेबाट खेमराज नेपाली र काँग्रेसबाट विनकुमार विश्वकर्मा चुनावी मैदानमा छन् ।

त्यस्तै, अल्पसङ्ख्यक /अपाङ्गतातर्फ एमालेबाट अगमप्रसाद बान्तवा राई र काँग्रेसबाट महेशकुमार जाजु चुनावी मैदानमा छन । यसअघि, अल्पसङ्ख्यक /अपाङ्गतातर्फ राप्रपाका अनुपमादेवी साह र अन्य समूहबाट एमालेका खड्गप्रसाद बस्नेतले आ–आफ्ना उम्मेदवारी फिर्ता लिएका थिए ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्