Logo
७ बैशाख २०८१, शुक्रबार
(January 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली नागरिकता भन्ने शंका लागेपछि माझीलाई गरे पक्राउ

रामेछाप : खाँडादेवी गाउँपालिका– १ राकाथुम लुभुका विनोद माझीले आफ्नो भाइको छोरालाई आफ्नै छोरा बनाई नागरिकताको सिफारिस लिन खोज्दा वडा कार्यालयबाट नक्कली नागरिकताको आरोपमा पक्राउ परेका छन् ।

वडा कार्यालयमा पुगेका माझीलाई वडा अध्यक्ष विष्णु श्रेष्ठले शंका लागेर सोधपुछ गर्दा उनले नक्कली नागरिकता बनाउनको खोजेको थाहा पाएपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरी जिम्मा लगाएका हुन्

नक्कली नागरिकता पक्राउ परेका माझीलाई प्रहरीले सार्वजनिक मुद्धा दर्ता गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरीले बताएका छन् ।

प्रकाशित मिति: Jan 28, 2018

प्रतिक्रिया दिनुहोस्