Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५० किलो चरेशसहित २ पक्राउ

रोल्पा: माडीगाउँपालिका– २ घर्तीगाउँबाट आज बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी ब्यूरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्त रुपमा लागुऔषध बरामद गरेको बताइएको छ । चरेश भेटिएको ठाउँ इलाका प्रहरी कार्यालय घर्तीगाउँदेखि १० मिनेटको दूरीमा छ ।

थवाङ गाउँपालिका– ३ मिरुलका २२ वर्षीय शेरबहादुर बुढा र २२ वर्षीय प्रश्न बुढा मगरले शंकास्पद काम गरेको आशंकामा आज बिहान ३ः३० बजे छापा मार्दा लुकाइराखिएको ५० किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए । (रासस)

प्रकाशित मिति: Jan 28, 2018

प्रतिक्रिया दिनुहोस्